सुनसरी
२०८३, बैशाख १४ गते । सुनसरीको इनरुवा नगरपालिका १० नम्बर वडा कार्यालयको भवन निर्माण सबैलाई पायक पर्ने ठाउँमा गर्नुपर्ने माग गरेका छन् । स्थानीयहरुले साविक जल्पापुर गाउँ विकास समितिको नाउँमा रहेको जग्गामा वडा कार्यालय निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । साबिक जल्पापुर गाउँ विकास समितिको नाउँमा भएको पाँच कट्ठा जग्गा त्यसै रहेको र अहिले बनाउन लागेको भनिएको ठाउँमा सडकको जग्गा अनि ठाउँ सांगुरो भएकोले सबै वडाबासीलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने माग राखेर आन्दोलनमा उत्रेको हो । इनरुवा नगरपालिका १० नम्बर वडा कार्यालयको भवन निर्माण जल्पापुर गाउँ विकास समितिको नाउँमा रहेको जग्गामा गर्नुपर्ने आवश्यक रहेको स्थानीय समाजसेवी मोख्तार आलमको भनाई छ । स्थानीयले असलम अंसारीले सबैलाइ पायक पर्ने ठाउँमा वडा कार्यालय बनाउनुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रेका र इनरुवा नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा मंगलबार ध्यानार्कषण पत्र बुझाउने तयारी भएको बताउनुभयो । स्थानीय सैलेन्द्र गुप्ताले पाँच सय बढी स्थानीयहरुको सहभागीतामा संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेको जानकारी दिनुभएको छ ।


१, इनरुवा १० का स्थानीयहरुको सहभागीतामा संघर्ष समिति बनाएर आन्दोलनमा उत्रने भेला ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा