जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २६ गते । सुनसरीको इनरुवामा प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता उद्घाटन भएको छ । सनिबार राष्टिय खेलकुद परीषदका सदस्य सचिव रामचरित्र मेहताले इनरुवा नगरपालिका २ स्थित शिक्षा खेल मैदानमा कबड्डी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी क्लवले ४१ अंक सहित विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश कवड्डी टीमलाई २५ अंकको विरुद्ध ४५ अंक सहित नेपाल आर्मी क्लवले पहिलो खेलमा विजयी भएको हो । दोस्रो खेलमा बागमती प्रदेश र सशस्त्र प्रहरीले प्रतिस्प्रधा गर्ने आयोजक सुनसरी जिल्ला खेलकुद क्लबका अध्यक्ष तरुण कुमार यादवले जानकारी दिनुभयो ।

उद्घाटन खेलमा नेपाल आर्मीकी अनुजा कुलुंग राई म्यान अफ दी म्याच घोषीत हुनुभयो । उहाँलाई एक हजार ५०० रुपियाँ नगद प्रदान गरिएको आयोजक सल्लाहकार इन्द्र कर्णले जानकारी दिनुभयो । सनिबार देखि बैशाख ३० गतेसम्म सञ्चालन हुने महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा देशका सात प्रदेशको ७ वटा र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी गरि तीन विभागीय टिम सहित १० वटा टिमले प्रतिस्प्रधा गर्दैैछ । सबै टिमका गरि खेलाडी १२० जना, प्रशिक्षक १० जना, टिम व्यवस्थापक १० जना र निर्णायक ३० जना गरी १७० जना सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधी जित्नेलाई प्रथम पुरस्कार नगद १ लाख रुपियाँ र ट्रफी, दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ सहित ट्रफी र तृतिय हुने दुईवटा टिमलाई २५÷२५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कबड्डी खेल अखिल नेपाल कबड्डी संघको नियमानुसार खेलाइरहेको र प्रतियोगिता लिक कम नकाउटको आधारमा खेलाइरहेको छ ।


१, सुनसरीको इनरुवामा उद्घाटन भएको प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल आर्मी र कोशी प्रदेश टीमले प्रतिस्प्रधा गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा