राष्टिय स्वतन्त्र पार्टीको इनरुवा नगर प्रथम अधिवेशन भेला सम्पन्न भएको छ । सम्पन्न भएको रास्वपा इनरूवा भेलाले नगर सभापतिमा छबिरमण भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टीको नगर उपसभापतिमा कृष्णदेव मेहता, सचिवमा गङ्गाराम मण्डल, सहसचिवमा बिनोद कटवाल चयन भएका छन् । सदस्यहरुमा इन्दु शाह, धर्मनारायण यादव, महेन्द्र कार्की, जीवकला नेपाल, बवालाल मेहता, बेचन मियाँ, अन्जना सिग्देल, कुशल शाह हलवाई, आर्थिक गुप्ता, पुनम सिंह खवास र बिनिता ऋषिदेव चयन हुनुभएको छ ।