एआईको क्षेत्रमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप
काठमाडौँ, जेठ १५ गते । सरकारले कृत्रिम बुद्धिमता (एआई) को क्षेत्रमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वज्निक गर्दै सो घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नेपालको अपार ऊर्जाशक्रिलाई कृत्रिम बुद्धिमताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रुपान्तरणको जग निर्माण हुने विश्वास छ ।”
“आगामी आर्थिक वर्ष एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती बनाइरहेका कमितमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्नेछु ।”
