काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि चार अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुदको बजेट घोषणा गर्नुभएको हो ।

बजेटमा कणाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र त्यसपछि मधेश प्रदेशमा आयोजना हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार विकास, मुलपानी, गिरिजा प्रसाद र फाप्ला क्रिकेट मैदानको निर्माण, देशभर आठ वटा आड हजार दर्शक क्षमताको स्टेडियम निर्माण, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन स्वास्थ्य विमाको सुविधा गराइने जस्ता विषय समावेश छन् ।

तर, सरकारले खेलकुदमा विनियोजन गरेको बजेट गत वर्षको भन्दा झण्डै आधा हो । गत वर्ष खेलकुद क्षेत्रमा ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो ।