राष्ट्रिय स्वतन्त्र पार्टी कोशी गाउँपालिकाको अधिवेशनबाट युवा नेता दुर्गानन्द यादवको सभापतित्वमा गाउँपालिका समिति गठन भएको छ। पार्टीको काेशी सभापतिमा दुर्गानन्द यादव, उप सभापतिमा फुलकुमारी राम ,सचिवमा रविन्द्र कुमार मण्डल र सह सचिवमा देवनारायण उराव चयन हुनुभएको छ ।

पार्टीको सदस्यहरुमा इस्तेखार आलम, दुर्गाबत्ती कुमारी सुतिहार, उपेन्द्र खड्गा,शर्मिला चौलागाईं र अस्गर अलि निर्वाचित हुनुभयो । पार्टीका नेताहरूले कार्यसमितिलाई सफल कार्यकालको शुभकामना सँगै हार्दिक बधाई व्यक्त गरेकाे जनाएको छ।