सुनसरीकाे विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गर्ने
सुनसरीकाे विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरु संचालन गर्दा स्थानीय संघ-संस्था, सरोकारवाला व्यक्तिहरु र स्थानीय तहहरुसंग नियमित समन्वय सहकार्य गरी संचालन गर्ने निर्णय गरेको छ ।

समुदाय–प्रहरी साझेदारी जिल्ला कार्य समितिको मासिक बैंठक र सामुदायिक प्रहरी शाखाको वार्षिक कार्य–सम्पादन समिक्षामा प्रहरी नायव निरीक्षक कोपिला भुजेलले आफ्नो शाखाको बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । बुधवार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा सम्पन्न भएको बैठकमा समितिमा आवद्ध सम्पुर्णको उपस्थिति रहेको थियो ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेकोले आगामी दिनहरुमा विविध शिर्षकमा विद्यालय सम्पर्क कार्यक्रमहरुलाई निरन्तरता दिई स्थानीय निकाय, अभिभावक, सरोकारवाला व्यक्तीहरुसंग समन्वय र सहकार्य गरी संचालन गर्ने समेत निर्णय गरेको जनाएको छ । समुदाय केन्द्रित कार्यक्रम संचालन गर्दा घटनाहरुको प्रभावित क्षेत्र पत्ता लगाई कार्यक्रमहरु संचालन गर्ने (आत्माहत्या न्युनिकरण, लैंगिक हिंसा, घरेलु हिंसा, लागु औषध, साईवर अपराध ),लैंगिक हिंसा पीडीतहरुलाई सुरक्षित आवासको लागी सेफ हाउस स्थापनाको पहल गर्ने,जिल्लाकाे इनरुवा नगरपालिका वडा नं. १ स्थित गोलचोकमा प्रहरी वीट स्थापनाको लागी सरोकारवालाहरुसंग समन्वय गरेर अगाडी बड्ने र आगमि कार्यक्रमहरु गर्दा स्थानीय सरोकारवाला निकायहरुलाई जिम्मेवार बनाएर, अन्तरक्रिया छलफल सहितको कार्यक्रम राख्दा प्रभावकारी हुने निष्कर्ष निकालेको छ । प्रहरी उपरीक्षक केशव कुमार थेवेकाे अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख राजन मेहता रहनुभएकाे थियो । त्यसैगरी विषेश अथिति इनरुवा नगरपालिका उपप्रमुख विनिता मेहता, प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्का , इन्सेक प्रतिनिधि जयकृष्ण यादव , मानवअधिकार सञ्जाल संयाेजक रमेश भट्टराई र महिला मानवअधिकार रक्षक सञ्जालका संयाेजक सहजादी प्रविण सहितको उपस्थिति रहेको थियो ।

बैठकमा आ.व. २०८२/०८३ श्रावण १ गते देखि असार ३० गते सम्म जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतवाट समुदाय-प्रहरी साझेदारी अन्तर्गत सम्पादित कार्यक्रमहरुमा लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम १३९ वटा ,महिला हिंसा, घरेलु हिंसा, बहुबिवाह सम्बन्धी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम ५५, ट्राफिक नियम पालना सम्बन्धी अन्तरक्रिया कार्यक्रम ४५,बाल हिंसा न्युनिकरण तथा बालबालिकाका लागी आधारभुत सुरक्षा सम्बन्धि ३, महिला तथा बालबालिका सम्बन्धि ६ ,चोरी नियन्त्रण सम्बन्धि प्रशिक्षण/अन्तरक्रिया कार्यक्रम १६, मानव बेचविखन नियन्त्रण (Human Trafficking) ३२, आत्महत्या तथा बिषादी सेवन विरुद्धको सचेतना ६१,बालयौन दुरुपयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम १०,लौगिंक हिंसा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम
७१, जेष्ठ नागरिकका विरुद्ध हुने अपराध नियन्त्रण र न्युनिकरण, सरसफाइ कार्यक्रम,शितलहर आगोलागी नियन्त्रण / बाढी पहिरो सम्बन्धी (विपद व्यवस्थापन) ६३ वटा गरेको तथ्यांक प्रस्तुत गरेको थियो । त्यसैगरी FAN CLUB सम्बन्धी कार्यक्रम, वृक्षा रोपण,पिडित पुनः भेटघाट कार्यक्रम (Victim Re-visit Program),अल्पसंख्याक सँग प्रहरी कार्यक्रम,रक्तदान कार्यक्रम, छलफल अन्तरक्रिया (विविध),स्वास्थ्य शिविर,योगा तथा ध्यान कार्यक्रम,नक्कली नोट सम्बन्धि सचेतना मूलक कार्यक्रम,दुर्व्यसन बिरुद्ध आमाहरु र बिबिध सहित ३५ प्रकारका कार्यक्रम गरी ६७२ वटा अभियानका कार्यक्रम सम्पन्न भएको जनाएको छ । जिल्लामा सञ्चालन भएको कार्यक्रमबाट यो वर्ष २१ हजार ३९० जना प्रत्येक्ष र हजारौं नागरिक पराेक्ष रुपमा लाभान्वित भएको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
