सुनसरीको देवानगञ्ज गोली काण्ड ः मेरो बुझाई
अजितकुमार झा । इनरुवा (पत्रकार)
साउनको १० गते आइतबारका दिन एक्कसी रातिको करिव ९ ः ०० बजेको समयमा २ जना जेनजी युवाको ज्यान जाने गरि देवानगन्ज गाउँपालिका–३ मा एउटा गोली काण्डको बिषयले अहिले देशलाई नै शोकमा डुवाएको छ ।
कप्तानगन बजार क्षेत्रमा स्थानीय एक समुदायको युवाले धार्मिक आस्थाको केन्द्रमा पुजापाठ गर्नका लागि गइरहेका बेलामा अर्को समुदायका युवा बीचमा डिजेको बिषयमा भएको बिबादले गोली काण्डमा परिणत भएपछि घट्नामा २ जनाको मृत्यु हुनुका साथै केही स्थानीय युवा र प्रहरी गम्भीर घाईते भएका छन् ।

घट्नालाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको दाबी गरिएको छ । तर गोली सुरक्षाकर्मीले चलाएको पुष्टि भएपनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको कुरा पुष्टि हुन् बाकी रहेको छ । यस बिषयमा अनुशन्धानका लागि सरकारले छानबिन समिति गठन गरेको छ ।
गृहमन्त्रालयका सह–सबिच भुपेन्द्र थापाको संयोजकत्वमा टोली घट्ना स्थलको अनुगमन र चलाएको गोलीको विवरण र खोका परिक्षणका लागि सङकलन गरेको छ । छानबिन समितिमा रहेका नेपाल प्रहरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको बिषयमा बिबाद उत्पन्न भएपछि सरकारले गृहमन्त्रालयले तत्काल रेग्मीको ठाउँमा प्रभुप्रसाद ढकाललाई ल्याइएको छ । छानबिन समितिले यस बिषयमा छानबिन गरिरहेको छ भने परिवारले अहिले सम्म शब नबुझेको स्थानीयवासीले बताएका छन् ।
घटना पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरोकारबाला सहितको बैठकले पटक–पटक सत्यतथ्य छानबिनका लागि माग गरेका छन् ।
छलफलका क्रममा सहभागी भएकाले उत्पन्न तनावाबारे सरकार र पीडित पक्षबीच सहमति भएको छ ।
घटनाका सम्बन्धमा सरकार र पीडित परिवार तथा स्थानीय पक्षबीच भएको वार्तापछि पीडित पक्षका मागहरू सम्बोधन गर्ने सहमति जुटेसँगै जनजीवनलाई सामान्य बनाउने प्रयास थालिएको छ ।
घटनालाई लिएर देश भर प्रदर्शन, आगजनी भइरहेको छ भने बिहिबार मात्र सिरहामा यसै बिषयलाई लिएर भएको घट्नाका कारण गणेश यादबको समेत मृत्यु भएको छ ।
घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न र दोषी माथि छानबिनको माग गर्दै विभिन्न चरणमा भएका वार्तापछि सरकार र पीडित पक्षबीच महत्त्वपूर्ण सहमति भएको छ । सहमति अनुसार नेपाल सरकारले यस घटनामा ज्यान गुमाएका मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ ।
यसैगरी, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराउने तथा परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने सहमति भएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कानुन बमोजिम कारबाही गर्ने प्रक्रिया अगाडि बढाइने सहमति पत्रमा उल्लेख छ ।
घटना पश्चात् स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रकारका अप्रिय गतिविधि हुन नदिन आवश्यक क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेको छ ।
स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजले सबै पक्षलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र तराई क्षेत्रको सदियौँ पुरानो आपसी सद्भाव तथा सामाजिक एकता अक्षुण राख्न अपिल गरेका छन् । तर यस घट्नाको बिषयमा यथार्त छानबिन हुनुपर्नेमा बिषयमा माग भइरहेका बेलामा यस बिषयको सत्यतथ्य बाहिर आउला भने बिषय सबैको चासोको बिषय बनेको छ । पहिलो चरणमा गठित छानबिन समितिको टोली समक्ष स्थानीयवासी र पीडित परिवारले ७ बुदे माग सहितको पत्र नै बुझाए । पत्रमा गोली चलाउन उस्काउनेलाई पक्राउ गर्नुपर्ने, तस्करको नजराना बुझेर माति गोली चलाउने प्रहरी निरीक्षक राकेश राईलाई कारवाही गर्नुपर्ने, मृत्तकलाई सहिद घोषणा, घाईतेको उपचार र क्षतिपुर्ति माग गरेको थियो । त्यससंगै घटनामा डिजे र मोहरमको झण्डा मात्र नभइ तस्करी र लेनदेनको घटनासंग समेत गोली काण्ड जोडिएको स्थानीयवासीले दाबी गरेका थिए । त्यसैगरी स्थानीय स्तरमा दर्ता नभएका मदर्सासंग समेत यो गोली काण्डको कनेक्सन हुन सक्ने स्थानीयवासीले दाबी गरेका छन् । सरकारले गठन गरेको समान हैसियत भएको छानबिन समितिले छानबिन गरेर आएको प्रतिवेदनमा समान हैसियत भएकालाई कासरी कारवाही गर्ने बिषय अन्यौलको रहेको छ । त्यसैले घटनाको बिषयमा न्यायिक र उच्च स्तरी छानबिन समिति गठन गर्नुपर्ने स्थानीयवासीको माग छ । यस तर्फ सम्बन्धीत निकायको ध्यान केन्द्रित हुनु अहिलेको आवश्यक्ता देखिन्छ ।
