मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा
जयकृष्ण यादव
इनरुवा, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा गरेको चेक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरेको बैंकका किसन मास्केले जानकारी दिनुभयो ।
त्यसैगरी प्रीति भल्व एण्ड फिटिङ्ग इण्डडष्ट्रिज प्रा.लि. धरानका सञ्चालक अशोक कुमार अग्रवालले व्यक्तिगत रूपमा तीन लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
