​इनरुवा, सुनसरी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रचार विभाग प्रमुखमा जिल्ला सदस्य धर्मवीर आर्य नियुक्त हुनुभएको छ। पार्टीका नेताहरूको संयुक्त भेलाले उहाँलाई उक्त जिम्मेवारी सुम्पने निर्णय गरेको हो।

​नवनियुक्त प्रचार प्रमुख आर्यले अब सुनसरी जिल्लाभर पार्टीका नीति, विचार, संगठन विस्तार तथा विभिन्न राजनीतिक एवं सामाजिक गतिविधिहरूको प्रचारप्रसार गर्ने सम्पूर्ण जिम्मेवारी पाउनुभएको छ।

​नियुक्तिपश्चात प्रतिक्रिया दिँदै प्रचार प्रमुख आर्यले पार्टीको विचार र सिद्धान्तलाई आम नागरिकसम्म पुर्‍याउन तथा जनपक्षीय एजेन्डालाई प्रभावकारी रूपमा सञ्चार माध्यम र डिजिटल प्लेटफर्ममार्फत जनतासाम लैजान आफू तल्लीन भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

​स्थानीय तहदेखि नै पार्टीलाई अझ बढी गतिशील बनाउन, सुशासन र परिवर्तनको एजेन्डालाई जनस्तरमा पुर्‍याउन उहाँको कार्यकाल सफल हुने विश्वास लिएको छ ।