इनरुवा , कात्तिक ८ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–११, मधुवनबाट प्रतिबन्धित औषधीसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका–११, बुधबारे चोकस्थित स्थानीय २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

​प्रहरी चौकी मधुवनबाट प्रहरी नायब निरीक्षक रामेश्वर कुमार खड्का र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ३० पत्तामा ३०० ट्याब्लेट बरामद गरेको हो । बरामद गरिएको लागु औषध सहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१, पक्राउ गरेकोलाई सार्वजनिक गर्दै । 

तस्बिर :