जयकृष्ण यादव । इनरुवा
इनरुवा,कार्तिक १४ गते÷ सुनसरीको गढी गाउँपालिकास्थित सीतागञ्ज शाखा नहर छप्की औरावनी क्षेत्रमा सयवटा बिरुवा रोपिएको छ । सामाजिक अभियन्ता शिक्षा प्रेमी विधानन्द यादवको आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा १०० वटा बिरुवा रोप्ने तथा तिनको संरक्षण र हुर्काउने अभियान सञ्चालनको उद्घाटन भएको हो ।

गढीमा वृक्षरोपणसँगै रोपिएका बिरुवाको हुर्काइ, संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ । वृक्षरोपण कार्यक्रममा अधिवक्ता लखनलाल यादव सहित गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी साह, पूर्वउपाध्यक्ष राजकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले वृक्षरोपणले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । अभियानका क्रममा सामाजिक अभियन्ता शिक्षा प्रेमी विधानन्द यादवले वृक्षरोपण गर्नु मात्र पर्याप्त नहुने भन्दै रोपिएका बिरुवालाई हुर्काउने र संरक्षण गर्ने कार्यलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अभियानमा साथ, सहयोग, आशीर्वाद तथा हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

स्थानीयवासी तथा शुभेच्छुकहरूको साथ र सहयोगले अभियानलाई थप ऊर्जा र प्रेरणा मिलेको उहाँको भनाइ छ । वृक्षरोपणसँगै बिरुवाको नियमित हेरचाह र संरक्षणमा ध्यान दिन सके मात्रै अभियानको उद्देश्य पूरा हुने विश्वास गरिएको छ । रोपिएका बिरुवालाई हुर्काएर हरियाली कायम राख्नु सबैको साझा जिम्मेवारी भएकाले अभियानमा निरन्तर साथ र सहयोग आवश्यक रहेको बताइएको छ । सीतागञ्ज शाखा नहर क्षेत्रमा गरिएको वृक्षरोपणले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आगामी दिनमा हरियाली प्रवद्र्धनका थप गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यादवले १०० बिरुवा रोप्ने र हुर्काउने अभियानमा एक जुट हौ, सबै मिलि गाउँ बनाउ देश आफै बन्छ. सुन्दर, सफा र हरियाली गढी निर्माण गर्ने हाम्रो अभियान, “आजको वृक्षारोपण, भोलिको स्वच्छ र सुन्दर गढी” भन्ने नारा राखेर प्रचारप्रसार प्रसार गर्नुभएको थियो ।


सुन्दर र हरियाली गढी गाउँपालिका बनाउने हाम्रो अभियानअन्तर्गत औराबनीदेखि छपकी जाने बाटोमा १०० वटा बिरुवा रोप्ने तथा तिनको संरक्षण र हुर्काउने अभियान सञ्चालन गरेको यादवले बताउनुभयो ।

यादवका अनुसार औराबनीदेखि छपकी जाने बाटोमा सबै मिलेर आफ्नो गाउँलाई हराभरा, स्वच्छ र सुन्दर बनाऔँ भन्ने उदेश्यले सबैलाई एउटा बिरुवा रोपौँ, सयौँ पुस्तालाई स्वच्छ वातावरण दिऔँ , भनेर अभियान हाम्रो, जिम्मेवारी हाम्रो, सुन्दर गढी बनाउने संकल्प पनि हाम्रो सन्देश प्रवाह गर्न वृक्षारोपण गरेको हो ।