प्रजिअ सहित २५ जनाले गरे रक्तदान
इनरुवा समाचारदाता
इनरुवा,असोज २ गते । सुनसरीको सदरमुकाम इनरुवामा ८ ओैं संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । आईतबार गरिएको रक्तदान कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित जिल्ला अस्पताल इनरुवाका प्रमुख डा. देवराज घिमिरे सहितका २५ जनाले रक्तदान गर्नुभएको छ । संविधान दिवशको अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्रजिअ यादवले रक्तदान जिवन दान भएकाले आफूले पनि रक्तदान गरेको र रक्तदान गर्नेहरुलाई धन्यवाद दिनुभयो ।

१, जिल्ला अस्पताल इनरुवामा संविधान दिवशको अवसरमा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सहितकाले रक्तदान गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

