चौधरीको नेतृत्वमा तीनलाख वढि महिला आत्मनिर्भर बने
सुनसरी,नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीको नेतृत्वमा तीनलाख वढि महिला आत्मनिर्भर बनेका छन । चौधरी अध्यक्ष रहेको फरवार्ड माइक्रोफाइनान्स मार्फत सुनसरीका मात्र होइन देशका ४० जिल्लाका तीनलाख वढि महिला आत्मनिर्भर बनेका हुन । उनीहरु बिभिन्न उद्यम मार्फत आत्मनिर्भर बनेका छन । चौधरीको नेतृत्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ । फरवार्ड माइक्रोफाइनान्सको ४० जिल्लामा अहिले तीन लाख बढी सदस्य छन् । कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्ड सँग जोडिएर करोडपति भएका छन । उद्यमी मात्र बनेका छैनन समूदायलाई सचेत बनाउने अभियानमा लागेका छन । महिला स्वयं आत्मनिर्भर नवनेसम्मसमाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राखेर महिलालाई आय आर्जनमा सहभागी गराउन ११ जनाले तीन तीन सय उठाएर सस्था स्थापना गरेको अध्यक्ष चौधरीले स्मरण गर्नुभयो ।
संस्थाले सुरुमा गाँउ गाँउका महिलालाई बिभिन्न तालिम दिएर उत्प्रेरित गरेको थियो ।संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो । लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो ।जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो ।‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे । कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे ।’ चौधरी विगतका संघर्षका कुरा सम्झनुहुन्छ । बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए । हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो । आज सुनसरीका मात्र हैन देशका ४० भन्दा वढि जिल्लाहरुमा भगवती चौधरीले नेतृत्व गरेको फरवार्ड माइक्रोफाइनान्सा शाखा मार्फत तीन लाख वढि महिला आत्मनिर्भर भएका छन ।

