गठबन्धनको इनरुवा निर्वाचन परिचालन समिति
जयकृष्ण यादव । इनरुवा
इनरुवा, कात्तिक ६ गते । नेपाली काङ्ग्रेस सहितको सत्ता गठबन्धनको उम्मेदबारको पक्षमा जनलहर ल्याउने गरि सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा गठबन्धको बैठकले निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं.२, ३ र ४ गरि तीन वटा क्षेत्रमा परेको भएपनि सबैतिर गठबन्धनका उम्मेदबारका पक्षमा काम गर्ने गरि निर्जाचन परिचालन समिति गठन गरेको हो । इनरुवा नगरपालिकामा सत्तागठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले गठबन्धनको साझा उम्मेदवारलाई जिताउने निर्वाचन विशेष निर्णय गरेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता रमेश भट्टराईले जानकारी दिनुभयो ।
गठबन्धनको बैठकले जिल्ला सदरमुकाम इनरुवामा नेपाली काग्रेंसका नगर सभापती राजन मेहताको संयोजकत्वमा नगरस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको जनाएको छ । समितिको सदस्य सचिवमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी र सदस्यहरुमा गठबन्धनका सबै दलका नगर समिति पदाधिकारी र सदस्यहरु रहने जनाएको छ । यो समितिले सबै वडामा वडा निर्वाचन परिचालन समिति र टोलटोलमा टोलस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको निर्णय गरेको गठबन्धनले जनाएको छ । शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एकआपसमा शुभदिपावली र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान गर्दै कार्तिक १७ गते वडाहरु संयुक्त भेला समेत गर्ने सत्ता गठबन्धन आवद्ध नेपाली काग्रेंसका नगर सभापती राजन मेहताले जानकारी दिलनुभयो ।

