इनरुवा, कात्तिक १९ गते । विश्वमै पहिलो पटक कुडुख भाषामा निर्माण गरिएको पहिलो चलचित्र जहर जिनगी गही सुनसरीमा सार्वजनिक गरिएको छ ।
कुडुख भाषाको पहिलो चलचित्र जहर जिनगी गही(जिवनको विस) को नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले रिवन काटेर उद्घाटन गरेपछि सार्वजनिक गरिएको हो । उराँवले विश्वको उराँव तथा कुडुख समुदाय र भाषाभाषीको लागि जहर जिनगी गहीको प्रदर्शनी हुनु गौरवको विषय भएको बताउनुभयो ।


इनरुवाको सीवि सिनेमा हलमा पहिलो पटक उराँव कुडुख भाषाको पहिलो चलचित्र जहर जिनगी गही(जिवनको विस) को प्रदर्शनी गरिएको हो । नेपाल र भारतमा बसोबास रहेको उराँव समुदायको भाषा कुडुखमा निर्माण भएकोले यो विश्वमै पहिलो कुडुख भाषाको चलचित्र भएको दावी गर्दै सुनसरीमा सार्वजनिक रुपमा प्रदर्शनी गरिएको हो । गत सनिबार चलचित्र बोर्डका प्रदेश १ अध्यक्ष अरुण प्रधान सहितको उपस्थितीमा उराँव सुमदायको बाहुल्य रहेको जिल्ला भएकाले सुनसरीमा उक्त चलचित्रको प्रदर्शनी सहित सार्वजनिक गरिएको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका कोषाध्यक्ष सम्पलाल उराँवले जानकारी दिनुभयो । आफूहरुको समुदाय र भाषाको चलचित्र आउनले विकासमा फड्केको मागरेको उराँव नागरिक अगुवा अध्यक्ष जयकुमार उराँवले जानकारी दिनुभयो ।
उराँव समुदायको महिलाको साहस र एकल महिलाले झेल्नुपरेको पीडा तथा अन्तरजातिय विवाहको असरका बारेमा चलचित्रमा चित्रण गरिएको छ ।
यो चलचित्र सार्वजनिक भएपछि भारत र नेपालका उराँव समुदाय खुसी भएको प्रतिष्ठानका सदस्य दुर्गा नारायण उराँवले जानकारी दिनुभयो ।
कुडुख भाषाको चलचित्रको प्रदर्शनीको उद्घाटन सिबि सिनेमा हलमा भएकोमा कार्यक्रमका विषेश अथिति जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले शुभकामना व्यक्त गर्नुभएको थियो भने चलचित्र बोर्डका महासचिव दिनेश कोईराला, चलचित्रका निर्देशक इनुश कुजुर, ग्राफर सुरेन्द्र कुजुर, प्रतिष्ठानका जयकुमार उराँव, सम्पललाल उराँव, स्वास्थ्यकर्मी पुष्पलता कुजुर, प्रेमलाल उरँँव, रिमा उराँव, जिसस सदस्य भुपेन्द्र उराँव, वडा सदस्य हिरा उराँव, हरी उराँव, ब्रहमदेव उराँव, कुडुख म्यूनिक समूहका अध्यक्ष राजकुमार उराँव सहितकाले यो गौरबको विषय भएको बताउनुभएको थियो । त्यसैगरी कुडुख भाषाको संरक्षण र कला क्षेत्रमा गरेको उपलब्धीले आफूहरु खुसी भएको सुनसरीका टिका उराँव, लक्ष्मण उराँव, निरो बडा, गोविन्द उराँव, दुर्गानारायण उराँव, रघु उराँव, केशव उराँव, विष्णु उराँव, सुनिता उराँव, सुनिता शर्मा लगायतकाले प्रतिकृया दिनुभयो । सबै भुमिकामा उराँव कलाकारको अभिनय रहेको जनाएको छ ।


१, सुनसरीको इनरुवामा पहिलो पटक उराँव कुडुख भाषाको विश्वकै पहिलो चलचित्र जहर जिनगी गही(जिवनको विस) को प्रदर्शनी गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा