इनरुवा, कात्तिक २४ गते । सुनसरी निर्वाचन क्षेत्र नं. ४(ख) प्रदेश सभा सदस्यका उम्मेदबार हाजी इसराईल मंसुरीले घरदैलोलाई जारी राख्नुभएको छ । यसक्षेत्रबाट नेपाली काग्रेंसका उम्मेदबार मंसुरीले घरदैलो गर्ने क्रममा विहीबार हरिनगर गाउँपालिका १ र २ रामनगरुभटाहामा घरदैलो गर्नुभएको छ ।

मंसुरीले मतदाताको घरदैलोमा केहीदिनदेखी भोट माग्दै जनताको भावना बुझ्न पाएको र भावनाको सन्बोधन गर्ने बताउनुभयो । उहाँले घरदैलौमा पुगेको बेला मतदाताले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका कुरा उठाएकोमा आफूले जितेर गएपछि सम्बोधन गर्ने बताएकाले उत्साहित भएर मतदान गर्ने पक्षमा मतदाता रहेको पाएको बताउनुभयो । मंसुरीले आफ्नो चार दशकको स्वास्थ्य सेवा क्षेत्र सहित राजनीतिक सेवा र समाजसेवाको योगदानको जानकारी दिदै मतदाताको मनोभावना बुझने र माहोल आफ्नो पक्षमा पार्नका लागि सहकर्मी सहित घरदैलोमा पुग्नुभएको छ । मंसुरीले जनताको भावना बुझ्न घरदैलौमा पुगेको बेला सबै मतदाताले साकारात्मक प्रतिकृया दिएको र आफूलाई मंसिर ४ गते मतदान गर्न आतुर रहने समेत पाइएको बताउनुभयो ।


मंसुरीलाई प्रचारप्रसार सहित मतदातासंगको साक्षातकार र घरदैलौमा विधार्थी संघका नेता सेराज हुसेन , समिम अंसारी , राजेन्द्र मेहता सहितले सहयोग गर्नुभएको छ । मंसुरीसगैं नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताकार्यकर्ताहरु घरदैलौमा प्रत्यक्षमा साझाँ उम्मेदबार र समानुपातिकमा आ आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै आएका छन् ।
उता नेकाप एमालेका निर्वाचन क्षेत्र नं. ४(ख) प्रदेश सभा सदस्यका उम्मेदबार हाजि आबास अंसारी पनि घरदैलोमा रहनुभएको छ । अंसारीले विहीबार घुस्कीमा घरदैलो गर्दै आफ्नो पक्षमा जनलहर रहेको दावी गर्नुभएको छ ।