सुनसरी
२०७९ मङ्सिर ३ गते । सुनसरीमा निर्वाचन प्रचार प्रसार र सभा सम्मेलको समय सकिएर स्थिर समय सुरुको २४ घण्टा बढी वित्ता समेत राजनीतिक दल र स्वतन्त्रका उम्मेदबारहरूले राखेको सार्वजनिक स्थानहरूको तोरण, व्यानर, झण्डा अझै हटाएको छैन् । इन्सेकका पर्यवेक्षकहरुले गरेको अनुमगनका क्रममा विजुलीको पोलमा झुण्ड्याएर राखेको झण्डा, तोरण, व्यानर, दलको झण्डा अझै नहटाएको पाइएको हो ।

निर्वाचनका बेला गाउँशहरको रुवरुप नै बिगार्ने गरि निर्वाचन अचारसंहित विपरितको कार्य गर्ने दल र स्वतन्त्रका उम्मेदबारहरूको बीचमा होडबाजी चलेकाले तोरण, व्यानर, झण्डा अझै हटाएको छैन् । यहाँको गाउँ–सहरको स्वरुप नै बिग्रनेगरी स्थिर समय सुरुको दोस्रो दिन र मतदानको समय १८ घण्टा बाकी रहदाँ समेत सार्वजनिक ठाउँको फ्लेक्स, पोस्टर, ब्यानर, झण्डा नहटाईएको स्थानीयवासीले बताएका छन् । यहाँ ठूला राजनीतिक दलदेखी साना दलहरु र स्वन्त्रकका समेत उम्मेदबारले निर्वाचन आचार संहिता २०७९ को प्रतिकुल हुने काम गरेका छन् । यहाँ राजनीतिक दल र स्वतन्त्रका उम्मेदबारहरूले सार्वजनिक स्थल, विधुतको पोल, चौतारा, मन्दिर, बस पार्क, हाट, बजार र सडकको चौबाटोहरुमा तोरण, व्यानर, झण्डा झुण्ड्याएर रुवरुप नै बिगारेका छन् ।


एमालेबाट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदबार भिमप्रसाद आचार्य र प्रदेश २(ख)का प्रदेश सभा सदस्य उम्मेदबार रहनुभएका रामप्रसाद मेहताका कार्यकर्ताहरुले इनरुवा ९ बबियाको यादव टोल सहित गाउँभरी नै पार्टीको झण्डा स्थिर समयमा टागेको पाइएको छ ।
त्यसैगरी नेपाली काग्रेंसबाट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदबार सिताराम मेहता र प्रदेश २(ख)का प्रदेश सभा सदस्य उम्मेदबार रहनुभएका राजिव कोईरालाका कार्यकर्ताहरुले इनरुवा ९ बबियाको भगवती मन्दिर सहित गाउँभरी नै पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा टांगेको पाइएको छ ।


उता सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा सरकारको प्रवत्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश सभा ४(ख) उम्मेदबार हाजी इसराईल मंसरीका कार्यकर्ताहरुले निर्वाचन आचार संहिता २०७९ उलंघन गरेका छन् । कार्की र मसुरीका समर्थक तथा कार्यकर्ताले सार्वजनिक भवन, पोल लगायतका सार्वजनिक स्थानमा पर्चा टाँस्ने , तोरण राख्ने काम र व्यार झुण्डयाउने काम जारी राखेको छन् । जुन कुरा निषेध गरिएको छ ।
सोही क्षेत्रमा नकेपा एमालेका तर्फबाट उम्ेमदबार रहनुभएका जगदिश प्रसाद कुसियैतका कार्यकर्ताले सेमतले निर्वाचन आचार संहिता विपरितका राखेको झण्डाहरु अझै नहटाएको पाईको इन्सेकका पर्यवेक्षक जानकी सिवाकोटीले जानकारी दिनुभयो । कुसियैतका कार्यकर्ताले कोशी र भोक्राहाका ऐतिहासिक स्थल वा सार्वजनिक स्थलको भवन, पर्खाल, सडक, खम्बामा प्रचार प्रसार सामाग्री टाँगेको पाइएको छ । निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।

स्थिर समयमा पनि सुनसरीका अधिकाँश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै स्वास्थ्य संस्था, अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्क र अधिकाँश बिजुलीको खम्बामा प्रचार प्रसार सामाग्री टाँगेकोमा नहटाएको स्थिती रहेको छ ।