यहाँ विवाह विनाको पनि बच्चा जन्माएको छ
मागि विवाह गरेको पत्नीलाई पनि छाडेको छ
जन्मेको छोराछोरी पनि अरुलाई बाडेको छ
पतीपत्नीमा भएको सम्पती पनि बाडेको छ ।
समाजलाई यस्तै भडुवाहरुले भाडेको छ
छोरीको लभरसंग जरिवाना लिएको छ
पत्नीलाई अरुकै जिम्मा लगाएको छ
हो यस्तैहरुले समाजलाई बिगारेको छ ।।
पत्नी छाड्ने, दिदि भाड्ने र छोरी बेच्नेको झुण्ड छ
यही समाज भडुवाहरुको एउटा समूह चण्डमुण्ड छ
आफूहरुले गर्न नसक्ने र अरुले गरेकोमा डाहा छ
आफूले नगर्ने र अरुको सहन नसक्ने मानसिक रोगी छ ।
गाउँमा अनमेल विवाहलाई प्रोत्साहन गर्ने भडुवा पनि छ
लुटेर खाने, रक्सीमा मात्ने, गलत बाटो समाउने पनि छ
गरिबलाई मागेर, लुटेर र सार्वजनिक सम्पती दोहन गरि खाने पनि छ
सामन्तका अवसेशहरुले अबाजविहिनको अबाज अपहण गर्ने पनि छ ।
समाज गतिशित छ तर पनि यस्तै भडुवाहरुको भिड बढेको छ
कसैसंग मेल खाए संयोग मात्रै हुनेछ
नयाँ वर्षको विहानी सबैमा मुस्कान हुनेछ ।।