काठमाण्डौ – आज प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका केहि स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । अन्य क्षेत्रमा भने सामान्य पानी पर्ने अनुमान रहेको मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेको छ ।
यसले गर्दा आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना छैन । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ । राति सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ ।
महाशाखाले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।