सुनसरीको बर्जु तालमा सम्पन्न भएको चौथो बर्जु महोत्सव कार्यक्रममा सोचेभन्दा निकै धेरै दर्शकहरुको उपस्थिती भएपनि शान्ती सुरक्षामा प्रहरीको निगरानी र पहल उत्कृष्ट रहेको स्थानीयहरुले बताएका छन् । पाँच हजार दर्शकको अनुमान गरिएकोमा ३० हजार बढी दर्शन एकै दिन आउदाँ समेत शान्ती सुरक्षाका लागि प्रहरीको पहल प्रयास र कार्यशैली उतकृष्ट रहेको भन्दै स्थानीयहरुले प्रसंशा गरेका छन् ।

भारतीय भोजपुरी अभिनेता खेसारीलाल यादवको आगवनको समयमा थोरै संख्यामा प्रहरीले निकै धेरै संख्याको भिडलाई नियन्त्रणसगैं सामान्य विवाद बाहेक पूर्ण रुपमा शान्तीपूर्ण वतावरण निर्माणमा उत्कृष्ट कार्य गरेको स्थानीयहरुले बताएका छन् । टिकटको विषयमा केही उछृखलहरुले सामान्य विवाद गर्दा केही घम्साघम्की र चोटपटक बाहेक पूर्ण रुपमा शान्तीपूर्ण भएको स्थानीयहरुले बताएका छन् । खेसारीलाल यादव गत वर्षको काण्ड पछि चुनौती मोलेर आउदाँ समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रभु प्रसाद ढकाल सहित सुरक्षाकर्मी पहलकदमीले मेला शान्तीपूर्ण भएको स्थानीय पिन्टु यादवले बताउनुभयो । यादवका अनुसार दुई सयको संख्यामा रहेको प्रहरीले ३० हजार बढीको मासलाई शान्तीपूर्ण बनाउनु र कलाकार यादवलाई सुरक्षित कार्यक्रम स्थलमा ल्याउनु तथा लानु लगायतका काममा प्रहरीको उत्कृष्ट पहल रहेको थियो ।