रामधुनी मन्दिरमा हनुमान आरधना सहित बनभात कार्यक्रम
सुनसरीको रामधुनी मन्दिरमा स्थानीयहरु आन्तरीक पर्यटक प्रवद्यन गर्नका लागि हनुमान आरधाना सहित बनभात कार्यक्रम गरिएको छ । आधुनिकतासगैं लोपोन्मुख अवस्थामा पुगेको बनभात कार्यक्रमलाई संरक्षण गर्ने र देशको धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको ऐतिहासिक रामधुनी मन्दिरको प्रचार गर्न बनभात कार्यक्रम गरिएको हो । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका २ का स्थानीय तथा हनुमान आरधाना मण्डली नेपालको अगुवाईमा बनभात कार्यक्रम आयोजना गरिएको राकेश साहले बताउनुभयो । साहका अनुसार मण्डलीका तीन दर्जन बढीको सहभागीतामा रामधुनी मन्दिर परिसरमा हनुमान चालिसा पाठ तथा अनुमान आरधाना बाचन गर्दै संगितमय वनभात कार्यक्रम गरेको हो । धार्मिक र आरधाना मण्डलीका सारोकारबालाहरुको उपस्थितीमा सनिबार वनभात कार्यक्रम उत्सवको रुपमा गरिएको शिवनारायण मेहताले बताउनुभयो ।

