सुनसरी
२०७९ माघ १० गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ७ को जनता माध्यमिक विद्यालयमा माघ ९ गते स्थानीयहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा आवश्यक रहेको शिक्षकलाई काज सरुवा गरेको र प्राविका शिक्षकलाई ल्याएको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।
विद्यालय सुधार तथा पूर्व विधार्थी समूहले शैक्षिक सुधार हुनुपर्ने, दक्ष शिक्षकको सरुवा रोक्नुपर्ने र अदक्षलाई हटाउनुपर्ने, नयाँ पठाएका शिक्षकलाई हाजरि गराउन नहुने भन्दै तालाबन्दी गरेको विद्यालयका प्रधानाध्याक जदुलाल साहले जानकारी दिनुभयो ।
विद्यालयमा ३०६ विधार्थी अध्ययरत्त रहेकाले कक्षा कोठामा असर नपारी प्रधानाध्यापक र प्रशासन कक्षमा तालाबन्दी गरेको साहले जानकारी दिनुभयो ।
सोमबार नै विद्यालय सुधार सर्घष समितिका अध्यक्ष लालुप्रसाद यादवले विद्यालयका प्रावि शिक्षक सम्पतलाल उराँवले माविको अग्रेंजी विषय समेत पढाउदै आएकोमा गाउँपालिकाले जबरजस्ती अर्का एक महिला शिक्षकलाई पठाएर माविका विधार्थीको भविष्य माथि खेलवाड गर्न खोजेको भन्दै आफूहरु र स्थानीयहरुले संयुक्त रुपमा तालाबन्दी गरेको बताउनुभयो ।
शिक्षकलाई सरुवा गर्ने विषयमा सूचना आएपछि भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाअध्यक्ष बौवालाल यादवले तत्काल एसईई परीक्षासम्म जनता माविमा शिक्षक सरुवा नगर्न वरु विषयगत शिक्षकको व्यस्वथा गर्न गाउँपालिकालाई आग्रह गर्नुभएको थियो । यादवले आफ्नो आग्रह समेत गाउँपालिकाले नसुनी अर्कै शिक्षक पठाएकाले हाजरि रोकेको र स्थानीयहरुले तालाबन्दी समेत गरेको प्रतिकृया दिनुभयो । तालाबन्दी भएको विषयमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले आफूहरुले शैक्षिक सधुारकै लागि असल नियतले शिक्षकहरुलाई पालिका भित्रै काज सरुवा गरेको प्रतिकृया दिनुभयो । जनता माविको तालाबन्दी बारेमा माघ १० गते सरोकारबालाहरुसंग छलफल गरेर समाधान खोजिने बताउनुभयो ।
जयकृष्ण यादव । इन्सेक