मुनाफ हसन । इनरुवा
। जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रको इनरुवा उद्योग बार्णिज्य संघको नयाँ नेतृत्वका लागि तीन प्यानल मैदानमा देखिएको छ । तिनवटै प्यानलबाट संघको नयाँ नेतृत्व १५ सदस्य कार्य समितिका लागि ५० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
माघ २८ गते शनिवार हुने उवासंघ निर्वाचनका लागि अध्यक्ष पदमा वर्तमान कार्य समितिका अध्यक्ष समेत रहनुभएका विरेन्द्र साह, संघमा मालोसमयदेखी आबद्ध केदार ओझा र पहलबहादुर कटुवालले उम्मेदवारी दिनुभएको छ । यहाँ साह, ओझा र कटुवालको नेतृत्वमा रहेको कार्य समितिका पदाधिकारी सदस्यमा प्यानलसहित उम्मेदवारले मनोनयन दर्ता गराएर मत माग्न व्यस्त बनेका छन ।
निर्वाचन अधिकृत शंकर पोखरेलका अनुसार विरेन्द्र साह नेतृत्वको प्यानलमा कार्य समितिको उपाध्यक्षमा बद्री स्वर्णकार, सचिवमा मनोज जैन, सहसचिवमा गौतम झा र कोषाध्यक्षमा उमेशकुमार गुप्ताले पदाधिकारीमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी साहको प्यानलबाट कार्यसमितिको महिला सदस्यमा रीतादेवी साह र लक्ष्मी पाठकले उम्मेदवारी दिनुभएको छ । यसैगरि खुल्ला सदस्यतर्फ सोही प्यानलबाट अमरेन्द्रकुमार मेहता, मनोज शर्मा, शिवकुमार यादव, सिताराम चौधरी, रमेश साह, कपलेश्वर यादव, सत्यनारायण साह, फिरोज आलमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी अर्का केदार ओझा नेतृत्वको प्यानलमा उपाध्यक्षमा गिरीराज अटल, सचिवमा सुरेन्द्र साह, सहसचिवमा रियाज आलम र कोषाध्यक्षमा रामकुमार मेहताले उम्मेदवारी दर्ता गराउनुभएको छ । ओझाको प्यानलबाट कार्यसमितिमा महिला सदस्यतर्फ टिका न्यौपाने र अञ्जनाकुमारी साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । कार्यसमितिको खुल्ला सदस्यमा ओझा प्यानलबाट हरी निरौला, बुधनारायण मेहता, किरण श्रेष्ठ, मनोज मेहता, राजन साह, ओमप्रकाश बस्नेत, दिगम्बर स्वर्णकार, अजयकुमार सिहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उता तेस्रो पहलबहादु कटुवाल नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोहम्मद कासिम मियाँ, सहसचिवमा त्रिलोकचन्द्र गुप्ताले पदाधिकारीमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कटुवालको कार्यसमितिको महिला सदस्यमा निरा पोखरेल, सदस्यमा संचार उद्यमीसमेत रहनुभएका व्यवसायी जिवराज दाहाल, युवा व्यवसायी प्रितम अटल, रसिद अन्सारी, प्रविण श्रेष्ठ, आशिषकुमार बोथरा, बिक्रमकुमार पोद्धार, अनिलकुमार स्वर्णकार र सरफराज आलमले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रकाशकुमार भट्टराई र विरेन्द्रकुमार साहको कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता भएको छ ।
सहसचिबमा रियाजलाई जिताउनुपर्छ ः व्यवसायीहरु


इनरुवा उधोग बाणिज्य संघको नयाँ नेतृत्वका लागि इमान्दार र योग्य, व्यसायिकको हितमा काम गर्ने केदार ओझा नेतृत्वको प्यानलमा सहसचिवका उम्मेदबार रहनुभएका रियाज आलमलाई जिताउनुपर्ने व्यवसायीहरुले बताएका छन् । सबै अवसर एउटै व्यक्ति वा प्यानल दिनुभन्दा नयाँ जोसजागर भएको ओझाको टिमलाई जिताउनुपर्ने र त्यसमा सहसचिवमा रियाज आलमलाई जिताउनुपर्ने अभियानमा व्यवसायीहरु लागेको आलमका समर्थकहरुले बताएका छन् ।
जिल्ला सदरमुकाम इनरुवा ९ बबिया निसासी आलमले व्यपार मार्फत समाजसेवा पनि गर्दै आउनुभएकाले उवासंघ इनरुवाको सहसचिवमा जिताउनुपर्ने व्यवसायीहरुको कथन रहेको छ । आलमले आफ्नो क्षेत्रमा पदमा नभएर पनि जनहितमा काम गरेकाले माघ २८ गतेको निर्वाचनमा विजयी गराउन जरुरी रहेको आफिया फेन्सीका सञ्चालक अबाँस मियाँले बताएका छन् ।
आलमको कार्यशैली र साझा व्यक्ति भएकाले इनरुवा उधोग बाणिज्य संघको नयाँ नेतृत्वमा सहसचिवमा इमान्दार र योग्य, व्यसायिकको हितमा काम गर्ने भएकाले जिताउने अभियानमा लागेको सुनसरी ट्रेर्डसका संचालक आशिक अलिले बताउनुभयो । जय लक्ष्मी ट्रेर्डसका सञ्चालक दिलिप कुमार पंडीतले उद्योग वाणिज्य संघको मुख्य भूमिका व्यवसायीको हितमा हुनुपर्ने र बढ्दो बैँकको ब्याजदरलाई कम गर्न पहल गर्ने, व्यसायिक सुरक्षाको पक्षमा काम गर्ने भएकाले आलमलाई मतदान गर्ने बताउनुभयो ।

उता उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिएको छ। तर, व्यवसायीमा उत्साह भने छैन । यसअघिका निर्वाचनमा संघ आबद्ध व्यवसायीहरूलाई कुनै पर्व आएजस्तै हुन्थ्यो। तामझामका साथ घरदैलो अभियान हुन्थ्यो, आबद्ध व्यवसायीहरू पनि सक्रिय हुन्थे। तर, यसपटकको निर्वाचन भने अलिक निरस छ । आखिर वाणिज्य संघको निर्वाचनलाई लिएर व्यवसायीमा किन उत्साह छैन त ? इटहरीका व्यवसायी जगतबहादुर भट्टराई भन्छन्, ‘देशमा आर्थिक संकट प्रमुख कारण हो।’ ‘देशमा आर्थिक मन्दी छ, अरूबेला व्यापार राम्रो हुँदा मान्छेले मन लागेको खाने, घुम्ने हुँदा माहोल राम्रो हुने हो,’ उनले भने, ‘देशको स्थिति राम्रो नभएकाले चुनाव आएजस्तो महसुस भएको छैन ।’ अर्का व्यवसायी रोशन भुजेल पनि व्यवसायीमा पहिलेजस्तो निर्वाचनको उत्साह नभएको स्वीकार्छन्। इटहरीको मुख्य चौक भन्दा बाहिरका व्यवसायीमा चुनावको उत्साह नभएको बताउनुभयो ।
‘इटहरी चोकका ठूला व्यवसायीलाई मात्रै चुनावी चाप भएजस्तो देखिन्छ,’ भुजेलले भने, ‘बजार क्षेत्रमा मात्रै चर्चा बढेको देखिन्छ, अन्य साना चिया पसल वा ठूला रेस्टुरेन्टमै पनि निर्वाचनबारे चर्चा भएको पाइन्न।’
चोक बाहिर उपमहानगर क्षेत्रमै पर्ने तरहरा, खनार, पकलीलगायतका स्थानमा पनि चुनावी चर्चा न्यून रहेको उनले बताए। व्यवसायीमा खासै उत्साह नभए पनि उम्मेदवारी घोषणा गरेकाहरूले सामाजिक सञ्जालमार्फत प्रचार भने गरिरहेका छन्।
‘राजनीतिबाट टाढै राख्नुपर्छ’
व्यवसायी जगत भट्टराई उद्योग वाणिज्य संघलाई राजनीतीबाट टाढा राख्नुपर्ने बताउँछन्। ‘संघलाई राजनीतीकरण गर्नुहुँदैन भन्ने पक्षमा छु,’ उनले भने, ‘व्यवसायीको हितमा काम गर्नेलाई जिताउनुपर्छ भन्ने मेरो कुरा हो।’
उनले यहाँ अधिकांश मानिसहरू व्यवसायीको हितमा भन्दा पार्टीको हकहितमा काम गर्ने खालका हुन्छन्।
यता व्यवसायी भुजेलले पनि उद्योग वाणिज्य संघको मुख्य भूमिका व्यवसायीको हितमा हुनुपर्ने बताउँछन्। ‘बैँकले ब्याजदर बढाएको बढायै छ, यसमा संघले चासो दिन आवश्यक छ,’ उनले भने, ‘इटहरी भन्ने बित्तिकै चोक मात्रै बुझ्ने गरिएको छ, यस्तो हुनुहुँदैन। सबै क्षेत्रका व्यवसायीको प्रतिनिधित्व हुने गरी व्यवसायीकै हितमा काम हुन आवश्यक देखिन्छ।’
यस्तो छ चुनावी माहोल
उद्योग वाणिज्य संघको निर्वाचन माघ २८ गते हुँदैछ। अध्यक्षको उम्मेदवारी दर्ता गर्नेमा जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाईँ), गायत्री कटवाल (भण्डारी), मणिन्द्रकुमार कटवाल र पीताम्बर पोखरेल छन्, जसमध्ये पोखरेलले पराजुलीलाई समर्थन गर्ने उद्घोष गरेसँगै चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
व्यवसायीहरू खुलेरै कसलाई सघाउने भन्नेमा पनि अलमल छन्। व्यावसायिक संस्थामा राजनीतीकरण भएको कतिपयको आरोप छ।
कतिपयले भने यसअघि पार्टीगत हिसाबमा दुई दलबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको भए पनि यसपटक पार्टीले उम्मेदवार टुंगो लगाउन नसकिरहेको बताउँदै आएका छन्।

नेकपा एमालेले सार्वजनिक रूपमा विज्ञप्ति जारी नगरे पनि अध्यक्षकी उम्मेदवार सिग्देलको समूहलाई समर्थन गरेको छ। तर, कांग्रेसबाट भने आधिकारिक उम्मेदवार टुंगो लाग्न नसक्दा अहिले पनि व्यवसायीहरू अलमलमा छन्।
उम्मेदवारी दर्ता भइसकेपछि नेपाली कांग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले गायत्री कट्वालको समूहलाई मत दिनका लागि विज्ञप्ति जारी गरेपछि विवाद भएको थियो।
यससँगै कांग्रेसभित्रै दुई धार चुनावी प्रतिस्पर्धामा छन्। सभापति पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै अहिले कांग्रेसको अर्को समूहले भने साझा उम्मेदवार भन्दै जीवन पराजुलीलाई अगाडि सारेको छ।
यद्यपि पराजुलीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालले भने साथ दिएको छ। कांग्रेसभित्रै को अध्यक्ष भन्ने स्पष्ट नभए पनि पराजुलीलाई अन्य दलले साथ दिएका हुन्। दुवै समूहले प्यानल नै बनाएर चुनावी प्रचारप्रसारमा सक्रिय छन्।
लोकतान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार भन्दै सामाजिक सञ्जालमा प्रचार गरेअनुसार कोही पनि आधिकारिक नभएको र आफूलाई मनपर्ने उम्मेदवारलाई मत दिनका लागि असन्तुष्ट समूहले विज्ञप्ति नै जारी गरेको थियो।
यद्यपि पार्टीभित्र आन्तरिक विवादकै बीच अहिले उम्मेदवारहरू घरदैलोमा छन्। घरदैलोमा पुगेर व्यवसायीहरूलाई आश्वासन देखाउँदै समस्या समाधान गर्ने बाचा गर्दै आएका छन्।
करीब ५ हजार मतदाता रहेको उवासंघ इटहरीको निर्वाचनका लागि माघ १९ गते मनोनयन भएको थियो। निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार उद्योगतर्फ ४ पदका लागि १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, वाणिज्यतर्फ भने ९ पदका लागि २५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। वस्तुगततर्फ दुईजना आवश्यक पर्दा ६ जनाको उम्मेदवारी छ। यसअघि एसोसिएट्सतर्फ भने राजीव घिमिरे निर्विरोध निर्वाचित भएका छन्।