जयकृष्ण यादव । इनरुवा
भोक्राहा (सुनसरी) चैत ८ गते । ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ मा धार्मिक पर्यटन प्रवर्धन गर्न प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञको उद्घाटन गरिएको छ । नौ दिने अखण्ड महायज्ञको कोशी प्रदेशका सभामुख बाबुराम गौतमले बुधबार उद्घाटन गर्नुभएको हो । तीन हजार महिला तथा किसोरीहरुको सहभागितामा विहान कलश यात्रा गरी कार्यक्रम स्थलबाट भव्य कलश यात्रा सुरु भई सप्तकोशी नदीको राजाबास क्षेत्रबाट जल लिएर महायज्ञ स्थलमा राखिएपछि उद्घाटन गर्नुभएको छ ।

प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञको उद्घाटन गर्नुहुदै कोशी प्रदेशका सभामुख गौतमले विकास र समृद्धिका लागि धार्मिक पर्यटन समेतको सभ्वावनालाई सार्थक पार्न महायज्ञले योगदान गर्ने बताउनुभयो । कलश यात्रामा स्थानीय मौलिक बाजा– गाजा सहित सप्तकोसीको जल भरेर ल्याएको प्रसंग चर्चा गर्नुहुहदै गौतमले मानवता, आपसि सद्भाव र सहिष्णुताको अनुमप कार्य भएको बताउनुभयो ।

उहाँले रामको कथासंग जोडिएको क्षेत्रमा ऐतिहासिक कार्यक्रम हुनु यसक्षेत्रको सौभाग्य भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि गौतम सहित नेकपा एमालेका नेता जगदीश प्रसाद कुसियैत, प्रदेश ४(क)का सदस्य सदानन्द मण्डल, प्रदेश ४ (ख) का सदस्य हाजि इस्राइल मन्सुरी, महायज्ञ कार्यक्रमका प्रमुख प्रवचनवक्ता दिपकिसोर भट्टराई, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँ, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव, नेपाली काग्रेंस भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दहाल, राप्रपा नेता एवम् भोक्राहा नरसिंह वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडा अध्यक्ष धिरेन्द्र यादव लगायत हजारौंको संख्यामा गाउँबासिहरुको उपस्थिति रहेको थियो ।

https://www.youtube.com/watch?v=xTx3T-H_dto&t=137s
बुधबार उद्घाटन भएको अखण्ड महायज्ञमा हवनयज्ञ समेत चैत १७ गतेसम्म हुने आयोजक समितिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार महायज्ञमा विहीबारदेखी प्रत्येक दिन विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरुबाट रामायण पाठ तथा कथा प्रवचनका साथै प्रत्येक दिन दिउसो २ बजे देखि राती ७।८ बजेसम्म पुनः कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन कार्यक्रम रहेको छ ।

त्यसका लागि झण्डै ४० लाख लागतमा सम्पूर्ण तयारी पुरा गरेको अध्यक्ष मेहताले बताउनुभयो । उहाँले महायज्ञबाट संकलित सहयोगले सोही स्थानमा रहेको रामजानकी मन्दिर निर्माण पुरा सहित दुई विघा जग्गा समेत मन्दिरको स्वामित्वमा रहेकाले धार्मिक पर्यटनका लागि खर्च गर्ने बताउनुभयो । नेपाली काग्रेंस भोक्राहा नरसिंह सभापती युवराज दाहालले एतिहासिक स्थल भएकाले एतिहासिक रुपममा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको आयोजना गरेको बताउनुभयो । दाहालले स्थानीय युवाहरुमा नैतिक आचरण सहित आपसि सदभाव र एकताको सन्देश सहित धार्मिक कार्यक्रमले गाउँको पहिचान समेत स्थापित हुने बताउनुभयो ।


अर्का स्थानीय युवा उमेश मेहताले गाउँपालिका वडा नम्बर १ स्थित प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा नौ दिने महायज्ञ प्रारम्भ गरि भव्य रूपमा उद्घाटन गरेको बताउनुभयो । महायज्ञ कार्यक्रममा आउने भक्तजनहरुको लागि खान बस्नका लागि टेन्ड पण्डाल ,खानेपानी , प्राथमिक उपचार सहित सहभागीहरुका लागि पार्किगको व्यवस्था र सौचालय तथा बालबालिकाहरु र युवाहरुका लागि रोटेपिंग सहित रमाइलो मेलाको व्यवस्थापन गरिएको आयोजक समितिका सचिव दीपेन्द्र मेहताले बताउनुभयो । प्रकृति प्रेमी केदार पोखरेलले सामाजिक सदभाव र नैतिकता तथा मानवताको सन्देश दिने गरि अखण्ड हवन यज्ञ भईरहेको जानकारी दिनुभयो ।
स्थानीय सुवालाल मेहताले भगवान रामको चरित्र र अनुशासनको बारेमा नयाँ पुस्तालाई जानकारी दिन रामायण पाठ तथा प्रवचनको साथै प्रत्येक दिनको २ बजे देखि रातीको ८ सम्म पुन कथा प्रवचन रहेको बताउनभयो । सहसचिव दिपनारायण मेहताले विश्व शान्तीको सन्देशका लागि अखण्ड हवन र महायज्ञको आयोजना गरेको जानकारी दिनुभयो ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजना गरेको अखण्ड हवन र महायज्ञको उद्घाटनमा कलस यात्रामा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा