बाघकै मुखमा पनि हासिरहेको छु
इमान्दारिताको जिवन बाचिरहेको छु
असल समाजमा बौद्धिक रुपमा नाचिरहेको छु
खराबहरुको सामना गर्दै आनन्द ठाउँमा रहेको छु ।
मलाइ आएको मुस्कानलाई गहना ठानेको छु
धोका र धम्कीलाई आर्शिवाद मानेको छु ।


ठूलो मुख र दातैका बीचमा जिवन बाचिरहेको छु
सुन्दर यो संसारमा अनेकन रस चाखिरहेको छु ।
असलको बाटो र असल संगत खोजिरहेको छु
अराजकहरुको विरुद्धमा जहिले बोलिरहेको छु ।।
गाउँठाउँका भ्रष्टहरुको पोल खोलिरहेको छु
पोल खोलेको कारणले जोखिम मोलिरहेको छु ।
सत्य छाड्न आउदैन, गलत गर्न आउदैन
त्यसैले रमाईलो गरि बाचिरहेको छु
इश्वर देउता भन्दा आफ्नै कर्मलाई महान ठानिरहेको छु
मानव धर्म र मानवतालाई कर्मको रुपमा मानिरहेको छु ।