जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवाकी साहित्यकार विमला पोखरेलले साहित्य क्षेत्रमा अनवरद रुपमा गर्नुपर्ने काम र पुर्याउनुभएको योगदानको कदर गर्दै एक वर्ष पाँचवटा राष्ट्रिय सम्मान पाउनुभएको छ ।


इनरुवामा शिक्षण पेसासगैं साहित्यमा कृयाशिल विमला पोखरेलले आफ्नै रचनामा कविता संग्रह सहित साहित्य पुस्तकहरु प्रकाशन गरेर साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदानको मूल्याकन र कदर गदै विभिन्न निकायबाट २०७९ सालको एक वर्षमा पाँचवटा राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नागरिक अधिकारसगैं मानव अधिकार र राजनीतिक क्षेत्रमा महत्वपूर्ण रुपमा योगदान गर्दै आउनुभएको छ । उहाँलाई कदर गर्ने र समान गर्ने संस्थाहरु साच्चैको साहित्य क्षेत्रलाई माया गर्ने र साहित्यमा प्रोत्साहन गर्नेहरु रहेको साहित्यकार एवम् पत्रकार जयकृष्ण यादवको भनाई छ ।


पोखरेलका अनुसार २०७९ सालमा पाँचवटा राष्ट्रिय सम्मान आफूलाई प्रदान गरेर साहित्य क्षेत्रमा थप जिम्मेवारी बोध गराएको छ । पोखरेलले फेसबुकमा साहित्य क्षेत्रमा थप जिम्मेवारी बोध गराउनुहुने पाँच ओटा संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।

उक्त सम्मानहरुमा मुक्तिनाथ दर्शन साहित्य संस्था काठमाडौंद्वारा दीनानाथ ओमकुमारी ओझा स्मृति नेपाली साहित्य उद्बोधन पुरस्कार तथा सम्मान २०७९ नगद रू.–१५,००० सहित सम्मानित, छन्द कविता मञ्च काठमाडौंद्वारा २०७९ मा समालोचकको सम्मान प्रमाणपत्र साथै नगदसहित सम्मान, अनुशीलन नेपाल साहित्य संस्था काठमाडौंद्वारा २०७९ मा समालोचकको सम्मान प्रमाणपत्र साथै नगदसहित सम्मान, इनरूवा उत्सव प्रथम चलचित्र महोत्सवमा साहित्य सम्मान २०७९, मीना रत्न साहित्य पुरस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान २०७९ नगद साथै प्रमाणपत्र सहितको सम्मानले साहित्य क्षेत्रमा थप जिम्मेवारी बोध गराएको पोखरेलको भनाई छ ।