सिर्जनामा इनरुवा तीन वर्षदेखी जारी, कार्यक्रमलाई २०८० मा पनि निरन्तरता
https://studio.youtube.com/video/FGuAcoTx1zQ/edit
इनरुवा, बैशाख २ गते । सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवा कार्यक्रमलाई निरन्तरता दिँदै २१ औं श्रृंखला सम्पन्न गरिएको छ । साहित्यलाई विकास गर्ने र रचनाहरु बाचन गर्ने थलोको रुपमा स्थापित गर्ने उदेश्यले सिर्जनामा इनरुवाको २१ औं श्रृंखला सम्पन्न गरिएको हो ।

इनरुवाको भगवती मावि हलमा शनिबार सिर्जनामा इनरुवाको २१ औँ श्रृंखला सुनसरी, मोरग, खोटागं र झापासम्मका साहित्यकाहरुको सहभागितामा सम्पन्न भएको जनाएको छ ।




सिर्जनामा इनरुवा कार्यक्रमलाई निरन्तरता दिनका लागि प्रत्येक महिनाको पहिलो सनिबार तालिका नै बनाएकाले जिल्ला बाहिरका साहित्यकारहरुलाई समेत जमघट गराउन सफल भएको सिर्जनामा इनरुवा संस्थका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनुभयो ।

























सम्पन्न भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना सहित विभिन्न विद्याका रचना वाचन गरेका थिए । सिर्जनामा इनरुवाको २१ औँ श्रृंखलामा साहित्यकार एवम् महाकाव्यकार डम्बरुबल्लभ भण्डारी, सप्तरगीं साहित्य समाज प्रदेश १ का अध्यक्ष रमेन्द्र कोइराला, समाजसेवी बिदुर सुवेदी, खेमराज खखेरा, युवराज दाहाल, जयकृष्ण यादव, द्धारिका प्रसाद पोखरेल, विष्णु दाहाल, शशीप्रसाद बजगाई, राधा सुवेदी, मैथली गायक तथा कलाकार प्रकाश अनुराग, झापा दमकका साहित्यकार हरि पराजुली, विष्णु थापा मगर, रामबहादुर राई, इश्वर पंडित, यशोदा अधिकारी, प्रिन्स प्रमोद कुमार ढकाल, होहिणी रसिक, प्रदिप कोईराला, किसोरकुमार , अबदुल कादिर मंसुरी लगायतका साहित्यकारहरुले आफ्नो रचना बाचन गेका थिए ।

कार्यक्रममा प्रमुख अथिति महाकाव्यकार डम्बरुबल्लभ भण्डारीले साहित्यमा चार पुस्ते सहभागिताले साहित्य माहोल तातेको बताउनुभयो । उहाँले आफू भन्दा अग्रज पुस्ता, आफ्नो पुस्ता र आफू भन्दा तल्लो तथा युवापुस्ताको सहभागिताले एउटै मञ्चमा साहित्यका चार पुस्तेलाई भेटभाटको माहोल समेत बनाएको बताउनुभयो । उहाँले साहित्यमा बढी भन्दा बढी युवाहरु आकर्षण गराउन जरुरी आवश्यक रहेको बताउनुभयो ।
उहाँले साहित्य क्षेत्रमा युवापुस्ताले चासो र चिन्तन गर्नुपर्ने बेला आएको बताउनुभयो । इनरुवाको साहित्यको चर्चा गर्नुहुदै वत्ताहरुले साहित्यले मानिसलाई र समाजलाई जोड्ने भएकाले कोरोना कालमा केही सनिबार बाहेक निरन्तरता दिँदै २१ औं श्रृंखलासम्म पुगेको जनाएको छ ।
