इनरुवा, बैशाख ३१ गते । कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विषेश योगदान गर्दै आउनुभएका साहित्यकार भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गर्ने भएको छ । अपन स्वर्ग नेपालले आयोजना गर्न लागेको बार्षिक उत्सव कार्यक्रममा तारा सम्मानबाट साहित्यकार भरत गुरागाई, मैथिली चलचित्रका अध्यक्ष सन्तोष सरकार र अधिवक्ता पंञ्चदेव मेहतालाई सम्मानित गर्ने भएको हो । जेठ २ गते आयोजना गर्ने बार्षिक उत्सव कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट साहित्यकार गोपाल कोइराला (त्यागी), प्रमानन्द मेहता, दरपी पंडित, पूर्व डिआईजी ऐनबीर जङ्ग राणा, सुनरवती मेहतालाई सम्मान गर्ने बताउनुभयो ।


कलाकार तथा पत्रकार नगरिक समान तर्फ समाजमा योगदान गर्नु भएका गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव, वर्णमाला दैनिकका राजेन्द्र पोख्रेल, आवर सुनसरीका गणेश यादव, प्रतिक्षण दैनिकका इकबाल अन्सारी, सत्य संसारका सुरेन्द्र कुशवाहा मेहता, ब्लाष्ट टाईम्स दैनिकका अमर काफ्ले सहितलाई सम्मान गर्ने आयोजक अपन स्वर्ग नेपालका केन्द्रिय अध्यक्ष गायक झोटन मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकार एसएन मेहता सहित २१ जना विशिष्ट व्यक्तिहरुलाई विभिन्न सम्मान गर्ने तयारी भएको छ । उत्सवमा नेपाली, मैथदी, थारु र उराँव चलचित्रकर्मी तथा साहित्यकारहरुको उपस्थिती रहेने जनाएको छ ।