सुरेन्द्र मेहता । इनरुवा

अपन स्वर्ग नेपालले आफ्नो बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ । बार्षिक उत्सवको आयोजना गरेर विभिन्न विशिष्ठ योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बार्षिक उत्सव कार्यक्रममा तारा सम्मानबाट साहित्यकार तीन जना विशिष्ठ व्यक्तिहरु सहित साहित्य, कालाकार र मौलिक नृत्य तथा पत्रकारिता क्षेत्रका गरि ५० जनालाई सम्मान गरेको छ ।
कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विषेश योगदान गर्दै आउनुभएका साहित्यकार भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गरेको छ ।

अपन स्वर्ग नेपालले राष्टिय तारा सम्मानबाट साहित्यकार भरत गुरागाई, मैथिली चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकार र सुनसरी जिल्ला आदालत नेपाल बार एसोसिएसन इकाईका कोषाध्यक्ष एवम् संस्थाका सल्लाहकार विद्धवान अधिवक्ता पंञ्चदेव मेहतालाई सम्मानित गरेको हो ।

मंगलबार संस्थाको बार्षिक उत्सव कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट साहित्यकार गोपाल कोइराला (त्यागी), प्रमानन्द मेहता, दरपी पंडित, पूर्व डिआईजी ऐनबीर जङ्ग राणा, सुनरवती मेहता सतिहलाई सम्मान गरेको संस्थका अध्यक्ष झोटन मेहताले बताउनुभयो ।

कलाकार तथा पत्रकार नगरिक समान तर्फ समाजमा विषेश योगदान गर्नु भएका गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव, वर्णमाला दैनिकका राजेन्द्र पोख्रेल, आवर सुनसरीका गणेश यादव, प्रतिक्षण दैनिकका इकबाल अन्सारी, सत्य संसारका सुरेन्द्र कुशवाहा मेहता, ब्लाष्ट टाईम्स दैनिकका अमर काफ्ले सहितलाई सम्मान गरेको आयोजक अपन स्वर्ग नेपालका केन्द्रिय अध्यक्ष गायक झोटन मेहताले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्लाहकार एसएन मेहता सहित ५० जना विशिष्ट व्यक्तिहरुलाई विभिन्न विधाको सम्मानबाट सम्मान गरिएको छ । बार्षिक उत्सव कार्यक्रममा नेपाली, मैथली, थारु र भोजपुरी तथा उराँव समुदायका बलाकार, साहित्यकार,चलचित्रकर्मी तथा कविहरुलाई सम्मान गरेको थियो । स्थानीय जनप्रतिनिधि तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे सहितको उपस्थितीमा सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सप्तरंगी साहित्य समाजका रमेन्द्र कोईराला, सृजनामा इनरुवाका लिलानाथ सिलवाल, नायिका पुजा दाहाल, राजकुमार दाहाल, राधा सुवेदी, वडा अध्यक्ष अनिल कुमार पोखरेल, वीरेन्द्र झा सहितले आ आफ्नो कला तथा रचनाहरु प्रस्तुत गर्नुभएको थियो ।

इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेल, महिला नेत्री विनिता दाहाल, रोहित चौधरी, आशा मनुपमा, रंजित गुप्ता, रोहणि रसिक, प्रिन्स प्रमोद कुमार ढकाल, विनोद कुमार मेहता, सदान्दन प्रसाद गुप्ता, वडा सदस्य पन्चु यादव, विजेन्द्र यादव, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण प्रधान, साहित्यकार छविनाथ रिजाल, सन्तोश सरकार, नवराज मैनाली, पुरन गिरी, धिरु ऋषिदेव, रामकिसुन उराँव, शिवनाराण पंण्डित, हरिलाल मेहता , पहल बहादुर कटुवाल , शशी प्रसाद सहितको उपस्थितीमा सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा कालाकारहरुले गीत, संगित र नृत्य प्रस्तुत गरेकाले इनरुवाको रामजानकी मन्दिरको माहोन दिनभर नै रमाईलो रहयो । मंन्दिर क्षेत्रमा दर्शक र स्रोताहरुले मनोरन्जन लिएका थिए भने कलात्कारहरुले समेत आफ्नो प्रस्तुती एक पछि अर्को भव्य रुपमा पस्कनु भएको थियो ।