न रिसाउनु ल , आज मेरो एक वर्ष हैं
यर्थात परक व्यग्य रचना ः जेके यादव , इनरुवा

निर्वाचित भएर पदभार ग्रहण गरेको एक वर्ष मात्रै भयो हैं
काम भन्दा कुरा र भाषणमै बजेट कुम्लयाउने चाही भयो हैं
श्रीमती र श्रीमानको भ्रमण भने देशभरी ठाउँठाउँमा भयो हैं
जनताको काम नभएपनि के भयो र ?, आफ्नो त भयो है ।।
म जनप्रतिनिधि कहिले श्रीमती पालनको काम गरे
कहिले साली, सालो र ससुरालीको पनि राम्रो नै गरे
अरुको खल्ती रित्यिाएर भएपनि हजुर म आफ्नो भरे
लाटा जनता, बाठा म जनप्रतिनिधिले के गल्ती गरे ? ।।
भोट रक्सी, मासु र किनेर नै लिएको लुकाउनु परेको छैन्
चुनावी खर्च अहिले निकाल्नुपर्नेमात्र गरे, अरु गल्ती छैन्
जनता भन्दा म जनप्रतिनिधि निकै सचेत छु कसैले सिकाउनु पर्दैन
किनेर लिएको भेटले मलाई पाँच वर्षसम्म कसैले केही गर्न सक्दैन ।।
म साच्चैको जनप्रतिनिधि बाउ जित्दा छोरा र श्रीमती उसै नेता
कमिसनका लागि मात्रै पार्टी र कर्मचारीसंग गर्छु जहिले यताउता
म पती जनप्रतिनिधि पत्नीलाई सारी, सुट सरवाल ल्याएकैछु
गरिब विपन्नको झुपण्डीमा चुलो नबलेकोमा म खुसी भएकैछु ।।
म पत्नी जनप्रतिनिधि पतीलाई डाईभर बनाएर घुमाएकैछु
आफ्नै गाडी भएर पनि भाडाको देखाएर इन्धन खाएकैछु
म छोरा जनप्रतिनिधि बाउँलाई धाक देखाएकैछु
गरीबलाई मारेर कमाएर समाजमा रमाएकैछु ।।
म भिनासु जनप्रतिनिधि सालेसालीलाई एनजीयो खोलाएकैछु
पत्नीसगैं सालोसालीलाई सरकारी गाडीमा देश घुमाएकैछु ,
भ्रष्टाचारीको सुचीमा नाम लेखाएर प्रतिष्ठा पनि कमाएकैछु
घरदेखी ससुरालीसम्म जितेको जनप्रतिनिधि भनेर चिनाएकैछु ।
म ज्वाई जनप्रतिनिधि सासुससुरालाई भ्रमण गराएकैछु
नैतिकता बेचेर अनैतिकताको पसल, दोकान चलाएकैछु
निर्वाचित जनप्रतिनिधि ससुरालीमा सान देखाउन पाएकैछु
भ्रष्टाचार नगर्ने मत्र जप्दैछु तर करौडो कागजमै कमाएकैछु ।।
शिक्षा, स्वास्थ्य प्राथमिकतामा राखेको भनेकैछु
उसैको नाममा मैले करौडोको लुट मच्चाएकैछु
आज एक वर्ष वितेकोमा कामचोरको समय घटेको ठानेकोछु
बाकी रहेको चार वर्षे कार्यकालमा लुटुने आईडिया ल्याएकोछु ।

