कृषि विकास बैंकले सिरहाकाे एक विद्यालयलाई शैक्षिक सामाग्री सहयाेग गरेकाे छ । बैंकको लहान शाखाले धनगढी न.पा.-१३ स्थित श्री आधारभूत विद्यालय कैलाशपुर, भर्लेनीलाई एक लाख बराबरको अध्यापनमा सहयाेग पुग्ने सामाग्री सहयाेग गरेकाे हाे । जेठ १९ गते विद्यालयमा आयाेजित अौपचारिक कार्यक्रमका बिच बैंकका मधेश प्रदेश निर्देशक नवीन कुमार पाख्रिनले विद्यालयका प्रधानाध्यापक अमर कुमार याेन्जनलाई प्राेजेक्टर-१ थान, प्रिन्टर -१ र स्टेपलाइजर -१ हस्तान्तरण गर्नुभयाे ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो आम्दानीको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत काम गर्नुपर्ने प्रावधान रहेकाे छ । साेही प्रावधान अनुसार बैंकको लहान शाखाले सहयोगका लागि उक्त विद्यालय छनाैट गरेकाे शाखा प्रबन्धक रामचन्द्र यादवले जानकारी दिनुभयाे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष किताब तामाङकाे अध्यक्षतामा सञ्चालित हस्तान्तरण कार्यक्रममा आफ्नो मनत्व्य राख्नुहँदै वडा अध्यक्ष सूर्यमान तामाङले आफ्नो वडाकाे राम्रो विद्यालयलाई छनाैट गरि सहयाेग गरेकोमा कृषि विकास बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयाे । त्यस्तै बैंकका मधेश प्रदेश निर्देशक पाख्रिनले कृषि विकास बैंक सम्पूर्ण बैंकिङ सुविधा सहितकाे वाणिज्य बैंक भएकाेले नजिकैको शाखाबाट सुविधा लिन आग्रह गर्नुभयाे । ग्रामीण स्तरसम्म पँहुच पुर्याउन ठाउँ ठाउँमा शाखा सञ्चालन गरि सेवा पुर्याइरहेकाेले भराेसा एंव विश्वासका साथ काराेबार गर्न वहाँले अनुराेध गर्नुभयाे ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक याेन्जनले बैंक बाट प्राप्त सामाग्रीले शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने बताउनुभयाे । बैंकका प्रदेश कार्यालय र लहान शाखाका कर्मचारीहरू, व्यवस्थापन समिति सदस्यहरू, अभिभावकहरू तथा विद्यार्थीहरूकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रम शिक्षक रामरिझन दासले सञ्चालन गर्नुभएको हाे ।