जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ २८ गते । इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ । उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०÷०८१ को नगरपालिकाले आफ्नो बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउने गरेकोमा व्यवसायिक कर नबढाउन आग्रह सहित १२ बुदे माग र सुझाव राख्दैज्ञापन पत्र बुझाएको हो ।


आईतबार बजेटमा आफूहरुको माग समावेश गर्नका लागि उद्योग वाणिज्य संघ इनरूवाका अध्यक्ष वीरेन्द्र कुमार साह सहितका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका हुन । व्यवसायीक कर घटाउनुपर्ने वा यथास्थितीमा राख्नुपर्ने, व्यवसायीक स्किमहरुमा छुटको व्यवस्था ल्याउनुपर्ने, उधोगी र व्यवसायीको सुरक्षालाई ध्यानमा राखेर पोलबतीको व्यवस्था गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, महिला उधमीलाई छुट सहितको व्यवस्था गर्नुपर्ने, बजार क्षेत्रमा व्यवस्थित ढल निर्माण गर्नुपर्ने सहितका १२ बुदे माग राखेर व्यापारीको टोलीले इनरूवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख बिनिताकुमारी मेहतालाई ज्ञापन पत्र बुझाएको संघले जनाएको छ ।
बजारमा सवारीसाधान व्यवस्थापन गर्न पाकिंगको व्यवस्था गर्नुपर्ने, सार्वजनिक सौचालयको व्यवस्था गर्नुपर्ने, सडक व्यवस्थापनमा ध्यान दिनुपर्ने, सामग्री लोड भएको सवारीको आगवनलाई समय निर्धारण गर्नुपर्ने, बजारमा निशुल्क खानेपानीको व्यवस्था मिलाउनुपर्ने, सडक सञ्जाल जोड्ने काम गर्नुपर्ने माग ज्ञापन पत्र राखेको संघका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिनुभयो । संघले आगामी आर्थिक वर्षका कार्यक्रममा नीतिगत रायसुझावलाई सम्बोधन गर्ने अपेक्षा परेको अटलको भनाई छ ।


१, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा