सुनसरीको हरिनगर गाउँपालिका १ का एक युवाले अरुको लोगो दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । हरिनगर १ का अमजद अंसारीले अपराध २४ खबरको लोगो दुरुपयोग गरेर कार्यक्रम गरेको र संस्थालाई बदनाम गर्ने काम तथा चरित्रहत्या गरेको भन्दै पीडित पक्षका युवा पत्रकार मोहोसिम अंसारीले आईतबार प्रहरीमा उजुरी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको विषयमा प्रहरीले आरोपीत अमजद अंसारीले अरुको लोगो दुरुपयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिनगरमा आवश्यक कार्वाहीका लागि पत्र फरर्वाट गरेको छ । केही महिना अघि अपराध २४ खबरको नाममा सरसफाई कार्यक्रमको नाममा रकम असुली समेत गरेको गुनासो आफू कहाँ आएकाले त्यसको छानविन र कार्वाहीका लागि उजुरी गरेको युवा पत्रकार मोहोसिम अंसारीले जानकारी दिनुभएको छ ।