जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १५ गते । सुनसरीको विभिन्न स्थानीय तहमा खुसीका साथ शुक्रबार असार १५ गतेलाई धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र सुनसरीले जिल्लाको बराहक्षेत्र नगरपालिकामा धान दिवस मनाइएको छ । बराहक्षेत्रका नगर प्रमुख र वडाअध्यक्ष सहितको उपस्थितीमा धान दिवस नाएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी कृषिप्रधान देश भएकोले असार १५ लाई धान दिवसको रूपमा मनाइरहेकाले जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले किसानकै खेतमा पुगेर धान रोपाई गर्दै मनाइएको हो । इनरुवा ५ मा नगर प्रमुख केदार भण्डारी र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे सहितको उपस्थितीमा धान रोपेर धान दिवस मनाइएको नगरपािलकाले जनाएको छ । धान दिवस मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दहि चिउरा खादैँ र धान रोपेर मनाउने परम्परा अनुसार नै आफूहरुले खेतमा धान रोपेर नै धान दिवस मनाइएको नगर प्रमुख केदार भण्डारीले बताउनुभयो । रमाईलो मात्रै होईन आफूहरुको पुर्खा गरेको धान खेतीलाई निरन्तरता र खाध्यानमा आत्मनिर्भरका लागि धान रोपेर धान दिवस मनाइएको बताउनुभयो । प्रमुख भण्डारीले रोपाई गर्ने व्यक्तिहरु रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने यो दिनको परम्परालाई पनि धान्ने र किसानलाई प्रोत्साहन गर्न खेतमै पुगेर धान दिवस मनाइएको दावी गर्नुभयो ।
एता केही स्थानीयहरुले भने नगर प्रमुख, कर्मचारीहरु, सिमित व्यक्तिहरु पाटीका नेता कार्यकर्ताहरुले फोटो खिचाउने काम, रमाईलो गर्ने, किसानहरुलाई आफ्नो नाटक प्रर्दशन गर्ने रुपमा मनाइरहेको आरोप लगाएका छन् ।
कार्यक्रममा सहभागीहरुले नेपाल ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर रहेको भएपनि हाल परनिर्भर भएकाले त्यसमा स्थानीयदेखी संघीय सरकारसम्म गम्भिर हुनुपर्ने सुझाव दिएका थिए ।
स्थानीय किसान सियाराम यादवले नेपालमा मौलिक रैथाने चैते धान, बास्मती। सतरा, करियामत, चननचुर, वर्षे धान, घैया धानको खेती हुँदै आएकोमा अहिले मौलिक रैथाने धानहरु मासिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
अर्का किसान दिपेन्द्र यादवले कृषि क्षेत्रमा व्यापक हानिकारक विषादी प्रयोग , खेतियोग्य जमिनमा घर निर्माण र प्लटिङ भइरहेकाले समस्या देखिएको बताउनुभयो ।


१, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे सहितले किसानकै खेतमा पुगेर धान रोपाई गर्दै ।