सुनसरीका स्थानीय तहमा कार्यरक्त कृषि तथा पशु सेवा प्राविधिकहरुका लागि पकेट र ब्लक विकास कार्यक्रम प्रगति समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सुनसरीको आयोजनामा समिक्षा गोष्ठी सम्पन्न भएको हो । जिल्लाका १२ वटै स्थानीय तहका प्राविधिकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले संचालन गरेको कार्यक्रमहरुको प्रगति र हालसम्म पकेट तथा ब्लक कार्यक्रमको अवस्थाका बारेमा समिक्षामा जानकारी दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाई प्रमुख देविन्द्र साहुको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको र सबै स्थानीय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुलाई पकेट र ब्लक विकासका बारेमा प्रगतिका बारेमा छलफल गरेको जनाएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, भेटेरेनरी अस्पताल प्रमुख कुमार खत्री, कृषि ज्ञान केन्द्र प्रमुख नीलकमल सिंह, कोलेनीकाका प्रकाश गौतम सहितको उपस्थिती रहेको थियो ।