साहित्यकार तथा प्राध्यापक कोईरालाको जन्मोत्सव

इनरुवा,असार २३ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निवासी नेपाली साहित्यका धनी व्यक्तित्व साहित्यकार प्राध्यापक रमेन्द्र कोईरालाले ६२ औं जन्मोत्सव साहित्य कार्यक्रम गरेर मनाइएको छ ।
साहित्यकार कोईराला सरस्वती माबि बबियाका पूर्वप्रधाध्यापक , सुनसरी बहुमुखी क्याम्पसका प्रध्यापक हुदै आधा दर्जन बढी कविता, मुक्तक, लघुकथा र उपन्यास प्रकासन गरिसक्नुभएकाले तफेसबुकले साहित्यकारहरुको बीचमा जन्मोत्सवमा साहित्य कार्यक्रम गर्नुभएको हो ।












कोईरालाले नेपाली समाजको चित्रण, सुशासन, कला र साहित्यको पक्षमा कलम चलाउदै आउनुभएकोले देश विदेशबाट जन्मदिनको शुभकामना सन्देश सहित साहित्यमा योगदान गरेको भन्दै प्रसंशा पाउनुभएको छ ।
कोईरालाको जन्मोत्सव सिर्जनामा इनरुवाले उहाँको घरमा पुगेर जन्मदिनको शुभकामना सहित साहित्यिक कार्यक्रम गरेर मनाएको सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनुभयो । जन्मोत्सव कार्यक्रम प्राज्ञ जीवनाथ पोखरेल (पन्छी)को प्रमुख अतिथ्यमा भएको कार्यक्रममा साहित्यकार राधा सुबेदी, विशिष्ट अतिथिहरू डम्बरुवल्लभ भन्डारी, प्राध्यापक प्रकाश नेपाली, साहित्यकार भरत गुरागाई, गुरुप्रसाद श्रेष्ठ सहितको उपस्थिती रहेको थियो ।


कार्यक्रममा साहित्यकार यशोदा आचार्य ,कान्ता भट्टराई ,प्रमोद मडडल, केदार पोख्रेल, प्रभु पराजुली, राम यादव, रामसेवक मेहता, भोला मेहता, सञ्जय पोदार तथा कोईरालाका दिदी सुभद्रा अधिकारी, श्रीमती सावित्री कोइराला, बुहारी मुना अधिकारी, भान्जी पुना अधिकारी, अन्जु फुयाल, छोरी रश्मि आचार्य लगायत नाति नातिनी गरेर तीन दर्जनको उपस्थिति थियो । उपस्थिती सबैले रचना तथा साहित्य पाठ गर्नुभएको थियो । कोईरालाले जन्मदिनमा गिफ्ट ल्याउने र केक काट्ने भन्दा फरक शैलीमा जन्मदिन मनाउनुभयो । साहित्यकारहरुको जमघट गरेर रचना बाचन गरि फजुल खर्च कम गरि उपयोगी साहित्य कार्यक्रम गरेको कोईरालाले बताउनुभयो ।



१, सुनसरीको इनरुवामा साहित्यकार रमेन्द्र कोईरालाको जन्मोत्सवमा साहित्यकारहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

