साहित्यकार आचार्यको जन्मोत्सव

जयकृष्ण यादव । इनरुवा
इनरुवा,असार २४ गते । सुनसरीको इनरुवा नगरपालिका ५ बलाहा निवासी साहित्यकार कवि यशोदा अधिकारी आचार्यले ४४ औं जन्मोत्सव साहित्य कार्यक्रम गरेर मनाइएको छ ।
साहित्यकार आचार्य बलाहाको एक स्कूलका शिक्षकको रुपमा काम गर्दै दर्जन बढी कविता, मुक्तकहरु लेखिसक्नुभएकाले साहित्यकारहरुको बीचमा आईतबार जन्मोत्सवमा साहित्य कार्यक्रम गर्नुभएको हो । आचार्यले नेपाली समाजको चित्रण, सुशासन र साहित्यको पक्षमा कलम चलाउदै आउनुभएको छ । जन्मोत्सव सिर्जनामा इनरुवाले उहाँको घरमा पुगेर जन्मदिनको शुभकामना सहित साहित्यिक कार्यक्रम गरेर मनाएको सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनुभयो ।






जन्मोत्सव कार्यक्रम बरिष्ठ नाटयकर्मी एवम् साहित्यकार भरत गुरागाई बर्बरिकको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा विशिष्ट अतिथिहरू प्राज्ञ जीवनाथ पोखरेल (पन्छी), पूर्व मेयर खेमराज पोखरेल, डम्बरुवल्लभ भन्डारी, रामसागर अधिकारी, प्रकाश अनुराग, जयकृष्ण यादव, विमला पोखरेल, माधव आचार्य सहितको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा साहित्यकार कान्ता भट्टराई सहित तीन दर्जनको उपस्थिति थियो । उपस्थित भएकाले सबैले रचना तथा साहित्य पाठ गर्नुभएको थियो । आचार्यले जन्मदिनमा गिफ्ट ल्याउने र केक काट्ने भन्दा फरक शैलीमा जन्मदिन मनाउनुभयो । साहित्यकारहरुको जमघट गरेर रचना बाचन गरि फजुल खर्च कम गरि उपयोगी साहित्य कार्यक्रम गरेको आचार्यले बताउनुभयो । कार्यक्रममा एकआपसमा शुभकामना साटासाट गरेका थिए ।




















१, सुनसरीको इनरुवामा साहित्यकार यशोदा अधिकारी आचार्यको जन्मोत्सवमा साहित्यकारहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

