इनरुवा, साउन ६ गते । सिर्जनामा इनरुवाको साहित्यिक कार्यक्रमको २४ औं शृङ्खला सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।


गीत, गजल, कविता र लघुनाटकसहित २४ औं शृङ्खला इनरुवा–१ को भगवती माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित झापा, इटहरी उपमहानगरपालिका र मोरगंको विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २४ बढी सरोकारवालाहरुको सहभागिता थियो ।

कार्यक्रममा साहित्यकार रमेन्द्र कोईराला, पुरुषोत्म घिमिरे, डम्बरुबलल्भ भण्डारी,जिननाथ पोखरेल, रंगलाल भट्टराई, लेखराज ढकाल, युवराज ढकाल, राधा सुवेदी, अंिकता यादव , प्रकाश अनुराग र अब्दुल कादीर मंसुरी तथा सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्य कार्यक्रमका रचनाकारहरुले समयसामयिक घटनाहरु र माया प्रेम तथा भावनाका कुराहरु समेटिएका कविता, मुक्तक र लघु कथाहरु बाचन गरेका थिए ।

सभापति :- लीलानाथ सिलवाल

प्रमुख अतिथि:-रोहिणी रसिक ( विराटनगर )

विशिष्ट अतिथिहरू:-प्राज्ञ जीवनाथ पोखरेल (इनरुवा) , गुरु शशी बजगाईँ (इनरुवा), टीका मिलन (इटहरी), विनोद विवस (इटहरी), कृष्ण गाैतम(इटहरी),गजलकार रोमु अधिकारी (झुम्का), प्रिन्स प्रमोद (विराटनगर), श्रीप्रसाद पोखरेल (इटहरी),सुलोचना अधिकारी(इटहरी),महाकाव्यकार डमरुवल्लभ भण्डारी , गुरु पुरुषोत्तम घिमिरे , विदुर सुवेदी , गायक झोटन मेहता, गायक प्रकाश अनुराग, रङ्गलाल भट्टराई ।

अतिथिहरूमा -विष्णु दाहाल , यशोदा आचार्य, लेखराज ढकाल, कविराज घिमिरे , सचिव रमेन्द्र कोइराला , अंकिता यादव , मनिता यादव , जेनिस देव बासुदेव काफ्ले लगायत पचासाैँको उपस्थिति रहयो ।