जयकृष्ण यादव । इनरुवा
इनरुवा,साउन ८ गते । साना तथा मझौला अधमी तथा व्यवसायीहरुलाई सुनसरीमा कर सम्बन्धि दुई दिने तालिम दिन सुरु गरेको छ । सोमबार इनरुवा नगरपालिकामा पहिलो दिन उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य संघ इनरुवाको संयुक्त आयोजना तथा जीआईजेड(जर्मन सहयोग)मा तालिमको उद्घाटन गरेको हो । साना तथा मझौला उद्यमीलाई कर सम्बन्धि तालिमको कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले उद्घाटन गर्नुभएको छ । तालिमले करको बारेमा आधारभुत तथा कर नीति सम्बन्धी जानकारी पाउने र कर दाँखिला सम्बन्धि नीतिगत विषयमा जानकारी गराइने मंसुरीले बताउनुभयो ।
कर नीतिबारे साधारण ज्ञानको अभावमा उधमी तथा व्यापारीहरुले विभिन्न समस्याहरु भोग्नु परेको भन्दै त्यसलाई कम गर्न यस तालिमले सघाउ पु¥याउने विश्वास लिइएको उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । कार्यक्रममा संघका अध्यक्ष साहले कर र लेखाकाबारे सामान्य ज्ञान उधमी तथा व्यापारीहरुलाई हुन अनिवार्य भएको बताउनुभयो । यसको बारेमा ज्ञान भए व्यापार गर्दा आइपर्ने समस्या पनि सहजै हल गर्न सकिने उहाँले बताउनुभयो ।


१, इनरुवा नगरपालिकामा उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य संघ इनरुवाको संयुक्त आयोजना तथा जीआईजेड(जर्मन सहयोग)मा साना तथा मझौला व्यसायीका लागि तालिमको उद्घाटन कार्यक्रमका सहभागी अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा