रामधुनी मन्दिरमा पुजापाठमा अवरोध गरेको आरोप

जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १२ गते । सुनसरीको एतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरमा वर्षौदेखी हुदै आएको पुजापाठमा केही व्यक्तिहरुले अवरोध गरेको गुनासो बाहिर आएको छ । सदियौदेखी अखण्ड रुपमा रामधुनी मन्दिरमा धुनी बल्दै आएको र नियमित पुजापाठ हुदै आएकोमा केही समययता विभिन्न नाममा अवरोध गरेको आरोप आएको हो । रामधुनी मन्दिर राज गुठीका महन्थ काशिदास उदासीन थारुले प्रेस विज्ञप्ती जारी गरेर मन्दिरमा पुजापाठमा अवरोध गरेको गुनासो गर्नुभएको छ । काशिदासले रामधुनीमा वि.स.१७३२ सालदेखी निरन्तर रुपमा जंगलमा पाइने साज प्रजातीको काठको धुनी बलीरहेकोमा हाल आएर रामधुनी बाबा बनखण्डी मन्दिर व्यवस्थापन समिति र समितिका अध्यक्ष डिल्ली कार्कीले पुजापाठमा अवरोध गरेको आरोप लगाउनुभएको छ । विज्ञप्तीमा काशिदासले कार्की काठ तस्कारीमा लागेको कारणले सुनस
री जिल्ला अदालतको २०७८ भदौ १६ गतेको फैसलामा १४ हजार पाँच सय रुपियाँ जरिवाना तिर्नुपरेको र सोही बाहानामा अहिले रामधुनी मन्दिरमा पुजापाठमा अवरोध गरेको आरोप लगाउनुभएको छ । उता कार्कीले आफूले रामधुनी मन्दिरमा पुजापाठमा कुनैपनि बाधा अवरोध नगरेको प्रतिकृया दिनुभयो । काशिदासको आरोप निराधार भएको जिकिर गर्नुभएको छ ।

१, सुनसरीको एतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरमा वर्षौदेखी हुदै आएको पुजापाठमा केही व्यक्तिहरुले अवरोध गरेको आरोप सहितको विज्ञप्ती ।

