सिलवालको मास्टरको झोला कृतिको परिचर्चा

इनरुवा, भदौ ३ गते । इनरुवा नगरपालिकामा कवि लीलनाथ सिलवालको मास्टरको झोला नामक कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सर्जनामा इनरुवा र प्रगतिशील लेखक सङ्घ सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि लीलनाथ सिलवालको मास्टरको झोला नामक कृतिको परिचर्चा र रचना वाचन गरेको हो ।

साहित्यकार र कवितहरुकोे उत्साहजनक सहभागितामा भव्यताका साथ मास्टरको झोला नामक कृतिको परिचर्चा र रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम प्रगतिशील लेखक संघका सभापति टीका मिलन र सिर्जनामा इनरुवा अध्यक्ष लीलानाथ सिलवालको संयुक्त अध्यक्षता तथा साहित्यकार प्रा.डा.रमेश घिमरेको प्रमुख आतिथियतामा सम्पन्न भएको साहित्यकार बिमला पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा कृति परिचर्चाकार रामप्रसाद खरेल र हरि कट्टेल, महाकाव्यकार डम्बरुबल्लभ भण्डारी सहितले मास्टरको झोलाको यर्थात, विषय वस्तु र कविको खुबी सहितको बारेमा चर्चा गर्नुभएको थियो । शिक्षक पेशामा रहेको अवसर र चुनौती अनि भोग्नुपरेको पीडित र समाजले हेर्ने दृष्टिकोण समावेश भएको कवि सिलवालको मास्टरको झोलाको परिचर्चा गरिएको छ ।




कार्यक्रममा साहित्यकार विमला पोख्रेल र प्रध्यापक रमेन्द्र कोइराला, अग्रज साहित्यकार डमरुवल्लभ भण्डारी, केशव सुनाम, विनोद विवश, भवानी पोखरेल सहितकाले रचना बाचन गर्नुभएको थियो ।


त्यसैगरी अङ्किता यादव, हरि भट्टराई, कृष्ण गौतम, सक्षम यादव, साजिद अंसारी, एलिजा बुइँपाली, इन्द्र दाहाल, नवराज भट्टराई, कमल निरौला, शोभा निरौला, कविराज घिमिरे, अर्जुन दाहाल ओखलढुङ्गे, शशी बजगाईँ, सागर तिम्सिना, रङ्गलाल भट्टराई, नारायण पोखरेल, सितोष पोखरेल, भोजराज खनाल, विनोद मेहता, टीका निरौला, शुस्मिता नेपाल, कान्ता भट्टराई, प्रीयान्सी पोखरेल, कादिर मंसुरी, यशोदा अधिकारी, नन्द भट्टराई ,दुर्गा पोखरेल, रेमन मगर, जयकृष्ण यादव, झोटन मृहता, सृजना नेपाल, जीवनाथ नेपाल, राधा सुवेदी, शिवहरि सुवेदी, सुनिता बराल, कृष्ण नेपाल, छविनाथ रिजाल, जेनिस देव, राजन निरौला, जमुना गौतम, रमेश धमला, पुनम दाहाल, शारदा दाहाल, उमा न्यौपाने, विष्णु दाहाल, विष्णु निरौला, पशुपति दाहाल, पर्वत दहाल, पेशल लम्साल, सकुन्तला मन्जरी, रमान्द मण्डल, निरज कोइराला, प्रकाश अनुराग, सीता निरौला, रेणु दाहाल सिलवाल , रक्षा पोखरेल सहित ५० सर्जक साहित्यकारहरूले रचना बाचन गर्नुभएको थियो ।

