जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ८ गते । सुनसरीमा बढेको डेगुं संक्रमण र केही धार्मिक कार्यक्रमले धरान उपमहानगरपालिका क्षेत्रमा मानव स्वास्थ्यमा असर पर्ने भएकाले धरानका सम्पूर्ण वडामा शुक्रबार राती १२ बजेदेखी सनिबार राती १२ बजेसम्म लागु हुने गरी निषेधादेश जारी गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्बन्धित सम्पूर्णको जानकारीका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधादेश जारी गरिएको र त्यसको अटेर गरेको खण्डमा कारवाही गरिने व्यहोरा समेत जानकारी गराउदै सूचना जारी रहेको छ ।
प्रजिअ पाण्डेद्धारा जारी आदेशमा जिल्लाका १२ स्थानीय तहहहरुमा डेङ्गी रोगको संक्रमण व्यापकरुपमा फैलिई १६ हजारजना भन्दा बढि व्यक्तिहरु सङ्क्रमित भएका र १२ जनाको मृत्युसमेत भइसकेको एवम् धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजारजना व्यक्तिमा संक्रमण फैलिएको अवस्था रहेको उल्लेख गर्नुभएको छ ।
साउन २६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेङ्गु संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालीन् अवस्था (एगदष्अि ज्भबतिज भ्mभचनभलअथ) क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको थियो । यस अवस्थामा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक÷साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौं ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली÷भेलाजम्मा÷प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न÷नगराउन आदेश जारी गरिएको छ । आदेशमा धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा लगायत पाँच क्षेत्रमा समेत लागु हुने गरी निषेधादेश जारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो। आदेश तथा सूचना विपरीत भए, गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने पाण्डेले जानकारी गराउनुभएको छ ।


पाण्डेका अनुसार निषेधादेश जारी गरिएका क्षत्रेमा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र ननगरपालिका १ मा पर्ने झण्डा चोक देखि धरान तर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ बाट बराहक्षेत्र वडा नं.३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं. ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट धरानतर्फकोक्षेत्र रहेको छ ।
यसैबीच सर्वदलिय बैठकले विभिन्न हिन्दू धर्मसँग सम्बन्धित संघ÷संगठनले धरानमा भइरहेका घटना (चर्च निर्माण, सार्वजनिक रुपमा गोरुको मासु खाएको)हरुलाई लिएर विरोधस्वरुप र्या्ली गर्ने भनी प्रचारप्रसार भईरहेको विषयमा तत्काललाई धार्मिक, साम्प्रदायिक सद्भाव खल्बलिन सक्ने एवं डेङ्गी महामारिले स्वास्थ्य सङ्कटको रुपमा लिएको अवस्थामा सुरक्षा चुनौतिलाई मध्यनजर हाललाई कुनैपनि कार्यक्रम उपयुक्त नभएको भन्दै सुझाव दिएको छ । यहाँका प्रमुख दल सहित १५ राजनीतिक दलका प्रमुख÷प्रतिनिधिहरुले हाललाई भदौ ९ गते गर्ने भनिएको धरानको कार्यक्रम नगर्दा उपर्यूक्त हुने सुझाव प्राप्त भएको जानकारी दिएका छन ।


१, जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधादेश जारी गरेको आदेश पत्र ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा