कलाकार प्रकाश अनुराग बने बुवा

ममता कुमारी यादव । इनरुवा
मैथली , नेपाली र स्थानीय भाषाका गायक तथा हाँस्य कलाकार एवम् पत्रकार प्रकाश मेहता अनुराग बुवा बन्नुभएको छ । मेहताकी पत्नी अमेरिका मेहताले भदौ १४ गते जनैपुर्णिमा तथा रक्षा बन्धनकै दिन एकछोरी र एक छोेरा सहित जुम्ल्याहा सन्तान पाउनुभएकाले अनुराग बुवा बन्नुभएको हो । स्थानीय देखी राष्टिय रुपमा कालाकार, गायक, पत्रकार समेतको नाम चर्चा कमाउनुभएका अनुरागले अर्को बुुवाको उपाधी पाउनुभएको हो । सुनसरी सहित कोशी प्रदेशभरी मात्रै नभई मैथली र नेपाली भाषा साहित्य, कलामा लागेकाहरुको बीचमा कलाकारसगैं जुम्ल्याहा सन्तानको रुपमा एक छोरा र एक छोरी प्राप्त भएपछि थप अर्को उपाधी बुवाको पाउनुभएको छ । रक्षा बन्धनकै दिन दाजु बहिनीको एकै साथ आगमन भएको भन्दै कोशी प्रदेश चलचित्रकर्मीसंघका अध्यक्ष अरुण प्रादनले फेसबुकमा यसलाई कस्तो सुखद क्षण, शुभ आशीर्वाद दुवै नानिहरुलाई र प्रकाश तथा बुहारीलाई भन्ने लेख्नुभयो ।


त्यसैगरी साहित्यकार जयकृष्ण यादव सहितकाले फोन र सामाजिक सञ्जाल मार्फत प्रकाश र बुहारी अमेरिकालाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा आफ्नो परिवारमा लक्ष्मी स्वरुप छोरी र अर्को छोराको आगमनले खुशी छाएको र बाबु बन्न पाएकोमा निकै खुसी भएको प्रकाशले बताउनुभयो । झण्डे डेढ वर्षअघि अनुरागले भोक्राहानरसिंह गाउँपालिकाकी अमेरिका मेहतासँग बिहे गर्नुभएको थियो । बिहे मागि र जातीय प्ररम्परा अनुसार भएको थियो ।



१, सुनसरीको इनरुवा नगरपालिका २ नीवासी कलात्कार प्रकाश अनुरागका संतात र विवाहका तस्विर ।
तस्विर ः

