“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा ¥याली कार्यक्रम समपन्न भएको छ ।
इनरुवा नगरपालिकाको आयोजना र मानवअधिकार रक्षक क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासंघ, ओरेक लगायतका संघ संस्थाहरूको सहकार्यमा नगरपालिकाको कार्यालयदेखि शान्तीचौक, गोल चौक, इनार चौक, प्रहरी कार्यालय हुदै पुन इनरुवा नगरपालिका परिषरसम्म ¥याली कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको हो ।


इनरुवा नगरपालिकाको नगर प्रमुख केदार भण्डारीले आत्महत्याको सोच आफूभित्र रहेको एउटा दानवीय सोच भएको र जीवनका हरेक खुशी र आँशुलाई सकारात्मक ढङ्गले लिए यो सोच कहिले हाबी नहुने बताउनुभयो । उहाँले कोण सभामा सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ, असफल व्यक्तिहरूले पनि जुनसुकै मोडमा दोश्रो मौका पाउन सक्ने भएकाले आशामा बाच्न आग्रह गर्नुभयो ।
आत्महत्या रोकथामका लागि परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो रहेको इनरुवा उपप्रमुख विनिताकुमारी मेहताले बताउनुभयो ।

गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपानेले मानिसले मुख्य गरी मनसिक तनाव, व्यक्तिगत असफलता, किशोर किशोरीमा बढ्दो निराशा, सामाजिक उत्पिडन, असफल प्रेम सम्बन्ध, आर्थिक समस्या, संस्कृतिक विभेद, छुवाछुत र विभिन्न असफलता जस्ता कारणले समाजमा आत्महत्या हुने गरेको बताउनुभयो ।


रयाली सहिति विभिन्न कार्यक्रम गरेर सुनसरी सदरमुकाम इनरुवामा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको इन्सेकले जनाएको छ । जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले प्रभातफेरी र विधार्थीलाई सचेतनामुलक प्रशिक्षण गरेर मनाएको जनाएको छ । आत्महत्या रोकथाम सम्बन्धी ¥याली सहितको सचेतनामुलक कार्यक्रम आइतबार एकैपटक संचालन गरेर मनाएको इनरुवा नगरपालिकाका सूचना अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार प्लेकार्ड, माईकिङ, सहित इनरुवा बजारको विभिन्न स्थान परिक्रमा र एक समारोहबीच आत्महत्या रोकथाम दिवस मनाइएको हो । दिवशले सरोकारवाला निकायहरुलाई एकपटक झकझकाएको गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको कार्यपत्रले आत्महत्या रोकथामको लागि नीति बनाउन फलदायी हुने बताइएको छ । मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएकोले यसलाई जोगाउन सबै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेको समेत न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आत्महत्या रोक्नको लागि सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिनुभयो । ‘मानिसको जीवन अमुल्य छ । यसलाई जोगाउन सबै पक्षले आ–आफ्नो तबरबाट लाग्नुपर्ने पर्छ,’ उहाँले भन्नुभयो, ‘यस किसिमको सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्ने हुनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न प्रहरीले विगत देखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको दाबी गर्नुभयो । उहाँले यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगले समन्वय र सहकार्यमा बढाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले प्रहरीको जनचेतना मुलक काममा हातेमालो गर्न अन्य निकायहरुलाई आह्वान समेत गर्नुभयो । ‘व्यक्तिले आत्महत्या गर्नुअघि केही, न केही प्रतिकृया जनाउन छ, समयमानै पहिचान गरी परामर्श दिन सकेमा आत्महत्या न्युनिकरणमा सहयोग पुग्नेछ,’ उहाँले भन्नुभयो । बढ्दो आत्महत्या न्युनिकरणको लागि तत्कालै सबैले आ आफ््नो सरकारहरुले नीति बनाउन जरुरी रहेको बताउनुभयो ।
ओरेककी बिमला घिमिरेले भन्नुभयो , “यो जनस्वास्थ्यको प्रमुख समस्या भएको हुँदा बेलैमा उचित परामर्श दिनसके आत्महत्याबाट हुने मृत्युदर रोक्न सकिने देखिन्छ” । त्यस्तै गरी, आत्महत्यालाई जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा स्वीकार गरेर राज्यले नै रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने घिमिरेले बताउनुभयो । घिमिरेले सामाजिक, जैविक र वंशाणुगत कारणले आत्महत्या हुने गरेकाले परिवारमा अभिभावक र सन्तानबीच सम्वादको खाँचो रहेको पनि जानकारी दिनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिकामा विश्व आत्महत्या रोकथाम दिवश पारेको निकालिएको र्यालीमा सहभागि तथा अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा