जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ३ गते । हर्सोल्लासका साथ सुनसरीको विभिन्न स्थानीय तहमा संविधान दिवस मनाएको छ । दिवशको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा बुधबार विहान शहिदगेटदेखी अस्पतालसम्म प्रभातफेरी, शहिदहरुको सालिकमा माल्यार्पण सहित महानन्द पार्कमा झण्डोत्तोलन गरिएको छ ।

त्यसैगरी जिल्ला अस्पताल सुनसरीमा विरामीलाई फलफुल वितरण गरि दिवश मनाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।


प्रजिअ पाण्डेका अनुसार दिवशको अवसरमा तीन दिने कार्यक्रम अन्तरगत मुख्य दिन बुधबार सयौंको संख्यामा सरोकारबालाहरुको बीचमा विभिन्न कार्यक्रम गरिएको छ ।

संविधान दिवश मुल समारोह समिति, जिल्ला प्रशासन कार्यालय सुनसरी, दुहवी, रामधुनी र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा नगरपालिका बसचौक शहिद गेटमा मलात्यापर्ण, महानन्द पार्कमा झण्डोतन र जिल्ला अस्पताल सुनसरीमा फलफुल वितरण कार्यक्रम गरिएको छ ।


इनरुवा बस चौकको शहिदगोटमा संविधान दिवशको अवसरमा रामधुनी नगर प्रमुख शंकारलाल चौधरी, दुहवी प्रमुख वेदनारायण गच्छदार, इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रहरी उपरीक्षक विपिन रेग्मी सहितको उपस्थितीमा मल्यापर्याण र झण्डोतोलन कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अजमल अख्खर आजाद, देवानगञ्जका उपाध्यक्ष कुमारी विभा यादव, गढीका उपाध्यक्ष अनिता कुमारी साह, कोशी उपाध्यक्ष अनितादेवी यादव, भोक्रहा नरसिंह उपाध्यक्ष सुनिता उराँव , इनरुवा उपप्रमुख विनिताकुमारी मेहता, रामधुनी उपप्रमुख तारा थापा, हरिनगरका उपाध्यक्ष रिमझिमकुमारी भगत सहितको उपस्थिती रहेको थियो । त्यसैगरी उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, पूर्व इनरुवा प्रमुख खेमराज पोखरेल सहितको उपस्थिती रहेको थियो ।