सितल यादव । इनरुवा

इनरुवा, असोज ६ गते । सुनसरीको इनरुवा नगरपालिकामा कोशी प्रदेशका अग्रज सात साहित्यकार सम्मानित हुनुभएको छ । सिर्जनामा इनरुवा नामक साहित्य संस्थाले सुनसरी , मोरगं सहित कोशी प्रदेशका अग्रज सात साहित्यकारलाई सम्मान गरेको हो । आयोजक संस्थाले आफ्नो दोस्रो साधारण सभाको अवसरमा बरिष्ठ साहित्यकार गोपाल कोईराला(त्यागी), कलाकर्मी, नाटयकर्मी साहित्यकार भरत गुरागाई बर्बरिक, मैथली साहित्यकार शिवनारायण पण्डित सिंगल, कवि कृपाकरुणा पोखरेल, भवानीप्रसाद पोखरेल, तिला लेकाली र टिका मिलन सम्मानित हुनुभएको छ ।

सम्मानित हुनुभएका साहित्यकारहरुलाई इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी र प्रमुख अथिति साहित्यकार डा.रमेश घिमिरेले सम्मान पत्र, दोस्ला, माला र अविर लगाएर सम्मान गर्नुभएको थियो । साहित्यकार सम्मान कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको संस्थाका सचिव रमेन्द्र कोइरालाले जानकारी दिनभयो ।


१,सुनसरीको इनरुवा नगरपालिकामा अग्रज साहित्यकारहरलाई सम्मान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


सिर्जनामा इनरुवाको साधारण सभा सम्पन्न


इनरुवा,असोज ६ गते । सुनसरीमा साहित्यको क्षेत्रमा विगत चार वर्षदेखी सकृय रहेको सिर्जनामा इनरुवा नामक संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाको इनरुवा नगरपालिकामा साधारण सदस्यहरु, आजिवन सदस्यहरु र सरोकारबाला साहित्यकारहरुको उपस्थितीमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । सिर्जनामा इनरुवाले आफ्नो साधारण सभामा कार्यक्रमको प्रगति विवरण र कार्यक्रमहरुको बारेमा प्रस्तुत गरेर पास गरेको संस्थाका सचिव रमेन्द्र कोइरालाले जानकारी दिनभयो ।


संस्थाले हालसम्म २६ वटा साहित्य कार्यक्रमहरु, स्रष्टा साहित्यकारहरुको घरघरमा मौलिक जन्मोत्सव कार्यक्रम र साहित्यकारहरुसंग समन्वय लगायतको काम गरेको संस्थाका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनभयो ।
यसैबीच सधारण सभा कार्यक्रममा कवि गोष्ठी तथा साहित्य रचना बाचन समेत गरिएको थियो । कार्यक्रममा पुरुषोत्म घिमिरे, अर्जुन दाहाल, शिव पराजुली, कान्ता भट्टराई, प्रमोद मण्डल, राम भट्टराई, प्रदिप कोईराला, हेम गुरुगं, झोटन मेहता, प्रकाश अनुराग, लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, राधा सुवेदी, विष्णु दाहाल, बालसुधार परियार, विनिता दाहाल सहित अन्य सर्जकहरु सहितकाले रचना बाचन गर्नुभएको थियो । कार्यक्रममा सुनसरी, मोरग र भापासम्मका साहित्यकारहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा विषेश अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले साहित्य कार्यक्रम र संस्थको साधारण सभा भव्यताको शुभकामना दिनुहुदै इनरुवालाई साहित्यको माध्यमबाट चिनाउने काम गरेको बताउनुभयो ।

भण्डारीले साहित्यको माध्यमबाट इनरुवाको पहिचान र प्रतिष्ठा उचाईमा पुर्याउने काम गरेको भन्दै सिर्जनामा इनरुवा नामक संस्थालाई धन्यवाद दिनुहुदै संस्थाको दोस्रो साधारण सभाको सफलताको शुभकामना दिनुभयो ।


१,सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवा नामक संस्थाको दोस्रो साधारण सभाका अथितिहरु गर्दै ।
तस्विर ः सितल यादव । इनरुवा

सिर्जनामा इनरुवाका लागि अक्षयकोष


सुनसरी सदरमुकाम इनरुवामा चार वर्षदेखी साहित्य क्षेत्रमा योगदान गर्दै आएको सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना गरेको छ । संस्थाका सचिव रमेन्द्र कोइरालाले सहित चार जना अग्रजहरुले संस्थामा अक्षयकोष स्थापनाका लागि सहयोग गरेको छ । कोईरालाले रमेन्द्र सावित्रि लघुकथा पुरस्कारका लागि ५१ हजार रासीको अक्षय कोषका लागि चेक हस्तान्तरण गर्नुभएको अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनभयो ।


सिलवालका अनुसार सिर्जनामा इनरुवालाई महाकाव्यकार डम्बरुबल्भ भण्डारीले ११ हजार , इनरुवा ३ का वडा अध्यक्ष रमेश श्रेष्ठले २५ हजार सहित विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना हुनेभएको छ ।
कोईरालाले स्थापन गर्नुभएको लघुकथा पुरस्कार वर्षमा एक जनालाई कोषको व्याजबाट प्रदान गर्ने जनाएको छ ।


१,सुनसरीको इनरुवा नगरपालिकामा आयोजित सिर्जनामा इनरुवाको साधारण सभामा अक्षयकोष स्थापनाका लागि साहित्यकार रमेन्द्र कोईरालाले चेक हस्तान्तरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा