जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १८ गते । कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले मानव अधिकार सचेतना कार्यक्रम ग्रामीण सहित हरेक क्षेत्रमा जरुरी रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना र बर्जु गाउँपालिकाको समन्वयमा मानव अधिकार समूहले असोज १८ गते सुनसरीको बर्जु तालमा आयोजना गरेको सुनसरी र मोरगंका मानव अधिकार समूह सदस्यहरुको अन्तर समूह भ्रमण तथा अनुभव आदान प्रदान विषयक कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

राज्यमन्त्री राईले मानव जन्मेदेखी मृत्युसम्मको हरेक सबाल मानव अधिकारसंग जोडिएकाले यसबारेमा ग्रामिण ,शहरीमा मात्रै नभई हरेक क्षेत्रमा सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले एक अर्काको संस्कृतिको सम्मान, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चार , पूर्वाधार, विधुत सहित सबै कुराले मानवअधिकारको झल्को दिने भएकाले यसका लागि मानव अधिकार सचेतना कार्यक्रम ग्रामीण सहित हरेक क्षेत्रमा जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मानवबेचबिखन, बालविवाह, बालहिसाँ सहित जातीय विभेद सभ्य समाजको कलंक भएको बताउनुभयो । अध्यक्ष मेहताले समुदायस्तरमा मानव अधिकार जागरण बढाउन आवश्यक रहेको बताउनुभयो ।
बर्जु गाउँपालिका अध्यक्ष जिवछ रायले बढ्दो विज्ञान प्रविधिको युगमा बालबालिकाहरुमा बढेको मोवाईल मोहले असर परेकोले यसमा पनि निगरानी आवश्यक रहेको बताउनुभयो । जातीय, लैगिक, वर्गिय र सबै खाले विभेद विरुद्धकाृ कानून कडा बनाउदै लगिएको भएपनि यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । मानव अधिकार समूह सदस्यहरुको अन्तर समूह भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रममा सुनसरी र मोरगंका ८० बढी सरोकारबालाहरु सहभागिता रहेको थियो । कार्यक्रममा सुनसरीको देवनागञ्ज गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डल र बर्जु मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरी, मोरगंको रतुवामाई मानव अधिकार समूहका अध्यक्ष तेजप्रसाद भण्डारी, सुनवर्षी नगरपालिका मानव अधिकार समूहका अध्यक्षका लक्ष्मण बुढाथोकी लगायतकाले समूहको कामकार्वाही र प्रगतिविवरणका बारेमा प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी इन्सेकका कोशी प्रदेश प्रमुख सोमराज थापाले दुई जिल्लाका चार स्थानीय तहमा गठन भएको मानव अधिकार समूहका अध्यक्ष सहितका पदाधिकारीहरु र जनप्रतिनिधि तथा पत्रकारसंगको परिचयात्मक एवमु अनुभवन आदानप्रदानका लागि कार्यक्रम एकदमै फलदायी भएको बताउनुभयो । इन्सेकका कार्यक्रम अधिकृत बागमी कट्ेटलले संचालन गर्नुभएको कार्यक्रममा मोरगंको रतुवामाई ६ का वडा अध्यक्ष इन्द्र चुवांग लिम्बु र सुनवर्षी ५ का वडा अध्यक्ष कमल मोक्तान, मानव अधिकार समूहका पदाधिकारीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।