जयकृष्ण यादव । इनरुवा

इनरुवा, असोज २६ गते । सुनसरीमा चर्डपर्वको मौकामा हुने चोरीतस्कारी नियन्त्रणमा प्रहरीले सकृयता देखाएको छ । खुल्ला सीमानाका कारणले बढ्दो चोरीतस्कारी र अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले सकृयता देखाएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको बीचमा समन्वय, सीमापारीका सुरक्षाअधिकारीसंगको समन्वय गरेर सीमा अपराध र चोरीतस्कारी नियन्त्रणमा प्रहरीले सकृयता देखाएको जनाएको छ । चोरीतस्कारी नियन्त्रणमा सकृयता देखाएको प्रहरीले शुक्रबार विशेष सचूनाको आधारमा सनुसरीको देवनागञ्ज गाउँपालिका ७ बाट झण्डै पाँच लाख रुपियाँ बराबरको भन्सार छलीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतको टोलीले देवानगञ्ज गाउँपालिका वडा नं.७ पक्कीटोलबाट भन्सार छली पैठारी गरी राखको सुर्ती सहितका अवैध समान बरामद गरेको हो । प्रहरीले सामान बरामद गरी आवश्यक कार्बाहीको लागि जिल्ला भन्सार कार्यालय सेतुबन्ध कोशी व्यारेज पठाएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार प्रहरीले सुर्ती(मकुेश) लेखिएको १५ बोरा, झोला २६९ थान र जेएसके स्टार लेखिएको सर्ट ३६७ थान बरामद गरेको हो ।