जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २८ गते । सुनसरीको इनरुवा ५ बलाहा नवयुग बहुउदेश्यीय सहकारी संस्थाको २४ आंै साधारण सभा सम्पन्न भएको छ । नबयुग बहुउदेश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाको २४ औं साधारण सभा कार्यक्रम तथा कार्यनीति, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन र लेखापरीक्षक नियुक्ती र पारीश्रमिक सहित पेश गरि सम्पन्न भएको हो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद पोखरेलको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

पोखरेलले संस्थाको नीति तथा कार्यक्रम बारेमा जानकारी गराउनुभएको थियो । २०५२ सालमा कृषि विकास कार्यालयको स्विकृतिमा वहुउदेश्य कृषि श्रोत परिचालन समूहको रुपमा दर्ता भई २०५६ सालबाट सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको थियो । संस्थाको अहिले सम्मको शेयर पुँजी सात करोड ४३ लाख ७८ हजार रुपियाँ, बचत १७ करोड ९५ लाख ९४ हजार ६२५ रुपियाँ र ऋण लगानि २० करोड ९३ लाख ५२ हजार ३०० रुपियाँ रहेको छ ।


संस्थाले साधारण सभाको अवसर पारी विभिन्न व्यक्तित्वहरुलाई संस्थाले सम्मान समेत गरेको छ । संस्थाले सामुदायिक र संस्थागत विद्यालय तर्फ एसर्ईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका ३ छोरोछोरीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा शेयर सदस्य गंगा काफ्लेको छोरी सृष्टिका रेग्मी, नवराज काफ्लेका छोरा सफल काफ्ले र लोककुमारी दाहालको छोरी दिप्ती पोखरेल रहनुभएको छ । सबैलाई सम्मान पत्र सहित सम्मान गरेको संस्थाले जनाएको हो ।


संस्थाले बालसन्तती पुरस्कारबाट ६ जनालाई पुरस्कृत गरेको संचालक समिति सदस्य लालबहादुर श्रेष्ठले जनाकारी दिनुभयो । श्रेष्ठका अनुसार बालसन्तती पुरस्कारबाट नुमा घिमिरे, देवाशिष पोखरेल, कार्तिक चौधरी भोर, सुदिक्षा कार्की, डेजिना चौधरी, अमनकुमार मेहता सहितलाई पुरस्कृत गरेको हो । उत्कृष्ट सेयर सदस्य सम्मानबाट गायत्री ढकाल, विमला कार्की र माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको संचालक समिति उपाध्यक्ष विनोदभाई पोखरेलले जनाकारी दिनुभयो ।


सभामा संस्थाले संस्थामा आवद्ध दुई हजार ९१० जना सदस्यहरुका बीचमा चिठ्ठा कार्यक्रम समेत गरिएको थियो । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने उत्कृष्ट बचतकर्ता, ऋणि र असल ग्रहाकालाई सम्मान पत्रले सम्मान गरिएको थियो । संस्थाले आगामि बर्षका लागि लगानि क्षेत्रका कार्यक्रमहरु बढाउने तथा बचत संकलन सम्बन्धी बिभिन्न अबधारणा समेत लिएर अगाडि बढाएको छ । संस्थामा हाल चार जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थामा भएकाहरु सहित अथितिहरु पोष्टकु्मार नेपाल, खेमराज पोखरेल, कृष्णप्रसदा दाहाल लगायतका सधाराण सभा सफलताको शुभकामना दिनुभएको थियो ।